नेपालको टेलिफोन र इन्टरनेट मूल्य विश्वकै सबैभन्दा महँगो

१ बैशाख ७६, आइतबार
Share this
747shares

काठमाडौं : संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ ।

Advertisement

महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै अत्यधिक महँगो रहेको बताएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विश्लेषणअनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत हुने ठहर गरेको जनाएको छ ।

महालेखाले गत आर्थिक वर्ष २०७४र७५ मा गरेको वित्तीय विवरणअनुसार विश्लेषण गर्दा नेपालका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकाले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश संसारभरका अन्य मुलुकको तुलनामा अत्यधिक रहेको ठहर गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top