भोज-भतेरमा मात्रै सकियो सरकारकाे ११ अर्ब !

काठमाडौं : सरकारले भोज-भतेरलगायत खर्चमा वृद्धि गरेर १० अर्ब ८३ करोड पु-याएको छ। ०७३/७४ को तुलनामा गएको आवमा भोजभतेर, मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत कार्यक्रममा करिब ५६ प्रतिशतले खर्च बढेको छ।

Advertisement

अघिल्लो आर्थिक वर्षमा विविध खर्च शीर्षकबाट ६ अर्ब ९४ करोड ३१ लाख थियो। खर्चमा मितव्ययिता ल्याउन सरकारले विविध खर्च शीर्षकबाट विनियोजन हुने रकम कटौती गर्ने बताए पनि गत आवमा यस्ता अनुत्पादक क्षेत्रमा खर्चको बढोत्तरी भएको प्रतिवेदन महालेखा नियन्त्रकको ५६ औं प्रतिवेदनमा उल्लेख छ।

सरकारले अनुत्पादक क्षेत्र भनेर वर्गीकरण गरेको विविध खर्च शीर्षकबाट १० अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ। यद्यपि सरकारले खर्चमा मितव्ययिता ल्याउन भन्दैे विविध खर्च शीर्षकमा एक अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो खर्चले नधानेर यस्तो खर्चमा ८ सय ४७ प्रतिशतले वृद्धि भएको छ। ,याे खबर नागरिक दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top