प्रधानमन्त्री विपक्षीमाथि आक्रामक : विपक्षीलाई ‘नन्दीभृंगी’को उपमा

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई ‘नन्दी-भृंगी’ को संज्ञा दिँदै आन्दोलन नगर्न सुझाएका छन्। नयाँ वर्षको पहिलो दिन आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता अभियान’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने दाबी पनि गरे।, याे खबर आजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Advertisement

११ विद्यार्थी संगठनद्वारा शुक्रबार आयोजित कार्यक्रममा सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलन आह्वान गरेका थिए। ‘अस्तिका दिन पनि १३ वटा विभिन्न आकार प्रकारका नन्दीभृंगी भेला भएछन् र आन्दोलन गर्छौं भनेछन्। म अरू केही भन्दिनँ, नगर्नुस् मात्र भन्छु,’ विपक्षी दलतर्फ लक्ष्य गर्दै ओलीले प्रश्न सोधे, ‘जसले आन्दोलन भनेर सिठी फुक्छ, त्यसैको पछि कुद्छन् नेपाली जनता ? के यो सम्भव छ ? ’

उनले स्थिरता, विकास र शान्तिका लागि जनताले मतदान गरेको भन्दै सोहीअनुसार सरकार बनेको बताए। ‘सरकारले देशका निम्ति काम गरेको छ। वृद्धवृद्धाको छेउमा सरकार ढाल्ने कुरा नगर्नुहोला। ढुंगा हान्छन्, परपर भन्नुस्। केटाकेटीले सुन्ने गरेर पनि नभन्नुहोला’, ओलीले चेतावनी दिँदै भने।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top