Nepal Times
Nepal Times
3
Shares

लागू औषधसहित विराटनगरबाट तीन पक्राउ

लागू औषधसहित विराटनगरबाट तीन पक्राउ

विराटनगर, माघ ५
विराटनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर–१५ र १२ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी धरान–८ का १८ बर्षीय राकेश प्रधान, मोरङ पथरी नगरपालिका–१० का १८ वर्षीय जेनिस थापा र मोरङकै सुन्दरहरैचा नगरपालिका–६ का १८ वर्षीय सागर प्रसाई रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले लागूऔषध एभिल–१० एम्पुल, डाईजेल्याव–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल र नाईटोसन दुई सय ७७ चक्कीबरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.