धनुषा, माघ ५
स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत फेरी पक्राउ परेका छन् । स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतलाई धनुषाको माथाबजारस्थि डेरामा बसिरहेको अवश्थामा घेरा हालेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राउतलाई प्रहरी निरीक्षक राजकिशोर साहको टोलीले पक्राउ गरेको बताइएको छ । उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।
यसअघि पनि पटक–पटक पक्राउ परेका उनीविरुद्ध अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । सप्तरी घर भएका राउत अहिले धनुषामा बसेर स्वतन्त्र मधेश अभियान चलाउदै आएका छन् ।