सिंघिया खोलामा तटबन्धनसहितको हरितपार्क निर्माण हुने

३ बैशाख ७६, बुधबार

विराटनगरको वार्ड नम्बर ७ हाटखोला सिंघियामा तटबन्धन सहितको हरितपार्क निर्माण हुने भएको छ ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बुधबार विराटनगरमा तटबन्धनसहितको हरित पार्क निर्माणको शिलन्यास गरेका हुन् । संघीय सरकारको १ करोड र विराटनगर महानगरपालिकाको ५० लाखको लागतमा तटबन्धनसहितको पार्क निर्माण गरिने भएको हो । तटबन्धनसहितको पार्कको उद्घाटन गर्दे मन्त्री पण्डितले जुनसुकै सरकारले विकास निर्माणको काम गरे पनि विरोध गर्नु नहुनेमा जोड दिए । उनले विकास निर्माणमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताए । काठमाडौं पछाडि विराटनगरलाई दोस्रो ठूलो र विकसित शहर बनाउने अभियानमा आफू लागेको बताउदै सबै नगरबासीलाई जुटन पनि उनले आग्रह गरे ।

कार्यक्रममा विराटनगरका महानगरपालिकाका मेयर भीम पराजुलीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर विकासका लागि एकजुट भएर अगाडि बढ्न आफू तयार रहेको बताए । यस्तै उनले महानगर भित्रका तालतलैया, पोखरी,नदीको उचित संरक्षण र सम्बद्र्धन गर्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top