हात्ती आतंकबाट स्थानिय त्रसित

४ माघ ७४, शुक्रबार

इलाम, माघ ५
जंंगली हात्तीले उपद्रो मच्चाएपछि इलामको दक्षिणी चुलाचुलीका गाँउले त्रसित बनेका छन् । जंगली हात्तीले घर भत्काउने साथै अन्नबाली नष्ट गरी दिएपछि त्यस क्षेत्रका वासीन्दा त्रसित भएका हुन् । चुलाचुली वडा नं १, ४ र ५ का दश घर हात्तीले भत्काएपछि हात्ती पीडित विचल्लीमा परेको गाउँपालिकाका कार्यकारी अधिकृत छविलाल खतिवडाले बताए ।

वडा नं. ५ का ललितकेन्द्र राईको घर हात्तीले आक्रमण गरी पटकपटक भत्काईदिएपछि केही दिनदेखि छिमेकीकामा आश्रय लिएर बसेका छन् । जंगली हात्तीले ललित केन्द्र, मनु राई, नेत्रप्रसाद बाँस्कोटाको घर बुधबार भत्काइ दिएको थियो । वडा नं. ४ का नरबहादुर भुजेलको घरमा राखेको धान, कोदो र तोरी खाइदिएको गाउँपालिकाको उपाध्यक्ष निर्मला दाहालले बताइन् ।

त्यस्तै, वडा नम्बर ५ का तुलसी पौडेल, खेमनाथ अधिकारी, गणेश लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिबाङ र मानबहादुर लिबाङको घर हात्तीले पूरै भत्काई दिएको छ । जंगली हात्तीको आक्रमणले किसानले लगाएको बाली नष्ट गरेर बसाइँ सर्ने अवस्थामा पुगेको वडा नम्बर ५ का हात्ती पीडित नेत्रप्रसाद बाँस्कोटाले बताए ।

Advertisement

चुलाचुलीवासीले जंगली हात्तीको तत्काल नियन्त्रणको माग गरेका छन् । हात्तीले गरेको विनाशको अवलोकन गर्न गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई नेतृत्वको टोलीले बिहीबार हात्तीले भत्काएको घर र किसानले लगाएका बाली क्षतिको अवलोकन गरेको हो । टोलीमा अध्यक्ष राई, इलाका वन कार्यालय र कृषि सेवा शाखा कार्यालय चुलाचुलीका प्रमुख र प्रतिनिधि सहभागी थिए ।

हात्तीपीडित चुलाचुली ४ का तीन परिवारलाई हिन्जानिसाम बाल क्लब र स्टार स्पोर्टिङ क्लब, चुलाचुलीले राहत वितरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच हात्तीको आक्रमणबाट घर नष्ट भएका पीडित तीन परिवारलाई नगद १५ हजार र चामल राहत दिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top