मधेशी विद्यार्थी गठबन्धनद्धारा तोडफोडको विरोध

४ माघ ७४, शुक्रबार

विराटनगर, माघ ५
विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा भएको तोडफोडको विषयलाई लिएर मधेशी विद्यार्थी गठबन्धनले विरोध जनाएको छ ।

Advertisement

गत माघ ३ गते वुधबार सो क्याम्पसको सामान्य प्रशासन शाखा प्रमुखको कार्यकक्षमा भएको तोडफोडको विषयलाई लिएर राष्ट्रिय जनता पार्टी निकट विद्यार्थी संगठन र संघिय समाजवादी फोरम निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम नेपालले विरोध जनाएका हुन् ।

मधेशी विद्यार्थी गठबन्धनले एक विज्ञप्ती प्रकाशित गरि विरोध जनाएको हो । उक्त गठबन्धनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले क्याम्पसमा तोडफोड गरेको आरोप लगाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top