‘एक्सन रूम’ जेठबाट सञ्चालनमा

काठमाडौँ – प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ ।

Advertisement

 

 

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भुईं तल्लामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

त्यसको लागत चार करोड ३५ लाख रुपियाँ रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले नयाँ व्यवस्थाले काम गर्न सजिलो बनाउने विश्वास व्यक्त गरे ।

Advertisement

उनका अनुसार राष्ट्रिय गौरवका आयोजना लगायतका विकास आयोजनाको अवलोकन तथा सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद, छलफल तथा समन्वय गर्ने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयमा निर्माणाधीन ‘एक्सन रुम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा  छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top