विराटनगर, बैशाख ८
संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ स्तरीय प्रथम एकता अधिवेशन विराटनगरमा हुने भएको छ । सो पार्टीको प्रदेश न १ तदर्थ समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलनगरी अधिवेशन तयारी सम्वधमा जानकारी गराएको हो ।
यहि वैशाख १५ र १६ गते हुन लागेको अधिवेशनमा १४ जिल्लाका ५ सय १६ जना प्रतिनिधी सहभागी हुनेछन् । संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयां कार्य समिति चयनगर्ने सो अधिवेशनमा पार्टीलाई शसक्त एंव संगठित वनाउने विषयमा छलफल हुने प्रदेश न १ तर्दथ समितिका अध्यक्ष भुपेन्द्र नेम्बाङले बताए ।
प्रदेश अधिवेशनले सवै समुदायको हक अधिकार स्थापितगर्ने विषयमा जोड दिने समितिका उपाध्यक्ष राजकुमार यादवले जानकारी दिए । प्रदेश अधिवेशन सम्पन्न भएपछि बैशाख २८ गतेदेखि तीन दिनसम्म जनकपुरमा पार्टीको प्रथम राष्ट्रिय एकता महाधिवेशन हुनेछ । सो महाधिवेशनमा संविधान संशोधन, समानुुपातिक तथा समावेशीकरणका मुद्धाका विषयमा छलफल हुने यादवको भनाई छ । महाअधिवेशन सम्पन्न गर्न १२ लाख रुपैया खर्च हुने जनाइएको छ ।