नारायणहिटीभन्दा अनुदार शीतल निवास: पत्रकारले गरे क्यामेरा डाउन

५ माघ ७४, शनिबार

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई क्यामेरामा सुरक्षित गर्न व्यग्र प्रतीक्षारत थियौं, हामी संवाददाता र फोटोपत्रकार । शुक्रबार शीतल निवासको दक्षिणी ढोकामा पत्रकारको भीड यसै ऐतिहासिक क्षणका लागि थियो । आजको अन्नपूर्ण पोस्टमा छ ।

अपराह्न ३ बजेपछि पत्रकारको परिचयपत्र र शरीर जाँचपछि सैनिक निगरानीमा हामीलाई राष्ट्रपति भवनको सञ्चार कक्षसम्म पुर्‍याइयो । लामा लेन्स र क्यामेरा बोकेका पत्रकार कार्यक्रम सुरु भएपछि कार्यक्रम स्थलमा लगिने आश्वासन कार्यालयका अधिकारीको थियो ।

शीतल निवासमा प्रधानमन्त्रीको कारकेड प्रवेशसँगै मंगल धुन बज्न थाल्यो । हलमा कार्यक्रम सुरु भएपछि एक सैनिक अधिकारी आएर रेडियो नेपाल, रासस, गोरखापत्र र नेपाल टीभीका पत्रकार भित्र लगे । अनि निजी सञ्चार माध्यमका पत्रकारलाई फर्कन आदेश दिए ।

सक्रिय राजतन्त्रकालमा समेत नारायणहिटी दरबारका औपचारिक समारोहहरूमा पत्रकारलाई निषेध थिएन । दौरा सुरुवाल लगाउनुपर्ने सर्त पालना गरेपछि पत्रकारले निर्वाध समाचार र दृश्य संकलन गर्न पाउँथे । त्यससमय पनि यी रासस, गोरखापत्र आदि सरकारी मिडिया नभएका होइनन् तर अहिलेजस्तो स्वतन्त्र मिडियामाथि प्रवेशको प्रतिबन्ध थिएन ।

आमसरोकारका विषय सुसूचित गर्ने दायित्व लिएको हुनाले नै पत्रकारितालाई चौथो अंग मानिएको हो । तर, यो विश्वव्यापी मान्यता उपेक्षा गरी हरेक गतिविधिको समाचार हामी आफैं दिन्छौं भन्नु सेन्सरसिपको नमुना हो । शीतल निवासको यस्तो रवैया लोकतान्त्रिक गणतन्त्रमा अपेक्षित छैन ।

पत्रकारहरू यो ऐतिहासिक घटनाको समाचार संकलन गर्न दिन अनुरोध गरी नै रहे । तर, सैनिक अधिकारीले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई एकाएक बाहिर निकाले । पत्रकारले ढोकामा क्यामेरा राखेर सरकारी रवैयाको विरोध पछि आ-आफ्नो कार्यालय फर्के ।

राष्ट्रपति कार्यालयले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप मात्रै गरेको छैन । कार्यस्थलमा लामो समय कुराउने र अनावश्यक रूपमा शरीरको खानतलासी गरी कार्यक्रम स्थलसम्म पुर्‍याएर फर्काउँदै अपमान गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top