NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए आइतवार बैशाख २८ , २०८२
पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे आइतवार बैशाख २८ , २०८२
भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ? आइतवार बैशाख २८ , २०८२
Next
Prev

समाचार

कांग्रेस बैठक: ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’

शनिबार माघ ६ , २०७४
Reading Time: 1 min read
A A
Nepal Top
कांग्रेस बैठक: ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने ? हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन,’ बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने ? ल कारबाही गरेर देखाउनुहोस् ।’ सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोपसमेत लगाए । ‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?,’ बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए ।

समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहको आरोप थियो । केन्द्रीय कार्यसमिति बैठकले सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको थियो । स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि कोइरालालाई समानुपातिकमा राख्न केन्द्रीय कार्यसमितिको बैठकले ‘अपवाद’ मानेको थियो । तर, सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरे ।

LS Auto

यो मुद्दामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका सदस्यले समेत बैठकमा कडा विरोध गरेका छन् । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा देउवाले आफ्ना पक्षका आधा दर्जन बढीलाई दोहोर्‍याउन चाहेका छन् ।

‘केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गर्ने अधिकार तपार्इंलाई कसले दियो ?,’ सिंहको प्रश्न थियो, ‘तपाईलाई मैले भोट दिइन होला तर तपार्इं हाम्रो पनि सभापति हो । तपाईं एउटा समूहको मात्रै होइन, सबैको सभापति हुनुपर्छ ।’ उनले विधानविपरीत बनाइएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन गर्नुपर्ने माग दोहोर्‍याए । पौडेल पक्षले यी दुई समितिमा विधानको व्यवस्थाविपरीत जम्बो समिति बनाएको भन्दै विघटनको माग गर्दै आएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा रहेका मध्येबाटै पदाधिकारी बनाउने गरी बढी मनोनीत गरिएको तर्क दिइए पनि प्रवक्ता बाहिरबाटै बनाइएको भन्दै सभापतिले विधान मिचेको आरोप पौडेल पक्षीय सदस्यले लगाएका छन् । दुई समिति नै विधानविपरीत भएको भन्दै नेता शेखर कोइरालाले संसदीय समितिमा आफू नरहेको घोषणा बैठकमा गरेका थिए । कोइरालालाई केन्द्रीय कार्यसम्पादन समितिमा नल्याई संसदीय समितिमा राखिएको थियो । ‘विधानविपरीत गठन भएको ठहर भएपछि म आजैबाट यो समितिमा नभएको जानकारी गराउँछु,’ कोइरालाले भने । उनले संस्थागत र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नै पार्टीले निर्वाचनमा हार बेहोरेको बताएका थिए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले पनि विधानविपरीतका दुवै समिति भंग गर्न माग गरे । देउवानिकट सदस्यले भने वरिष्ठ नेता पौडेलको सहमतिमै दुवै समिति बनाइएको भन्दै देउवाको प्रतिरक्षा गरेका थिए । ‘रामचन्द्र पौडेलले भन्दैमा सभापतिले विधान मिच्न पाइन्छ ?,’ केसीको भनाइ थियो, ‘विधानविपरीतका यी दुवै समिति तत्काल भंग गर्नुपर्छ ।’ केन्द्रीय सदस्य जीवन परियारले नेतृत्वले यही ढंगले पार्टी सञ्चालन गर्ने हो भने कांग्रेसलाई लोकतान्त्रिक पार्टीको परिचय दिन पनि समस्या पर्ने बताए । ‘पार्टी जुन विधि र प्रक्रियाबाट सञ्चालन भइरहेको छ, यसैका कारण कमजोर बन्दैछ,’ उनले भने, ‘पार्टी सञ्चालनको कार्यशैली र विधि प्रक्रियासम्मत हुन सकेन ।’

बैठकमा केन्द्रीय सदस्य गगन थापाले पहिलो पुस्ताका नेतालाई अब विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरे । उनले अब पनि पहिलो पुस्तालाई नेतत्वमा राख्नु भनेको उहाँहरुका लागि पनि अन्याय हुने भन्दै विश्राम लिन आग्रह गरेका हुन । उनले निर्वाचन समीक्षाका लागि महासमिति र ‘अर्ली महाधिवेशन’ को माग पनि बैठकमा राखेका थिए ।

लोकप्रीय

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

विचार

थप समाचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
ताजा समाचार

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक
अन्तर्राष्ट्रिय

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार

आइतवार बैशाख २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

World News:Pakistanका विभिन्न ठाउँमा वि*स्फोट, अमेरिकासंग डेनमार्कले माग्यो स्पष्टीकरण

00:11:49

World News: इस्लामावादले भारतको ‘हि*साब चु*क्ता गर्ने’ यमनमा ब*म*बा*री ब*न्द || Nepal Times

00:09:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

अव्यवस्थित शहरीकरणलाई कसरी ब्यवस्थित गर्ने ?

आइतवार चैत्र २२ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.