×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

बैठकमा के भने १५ नेताले ?: देउवाले ठट्टा गर्दै भने- ‘धकेलेरै निकाल्ने हो त ?’

६ माघ २०७४

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीले आशा गरेअनुसार सफलता प्राप्त गर्न नसकेको स्विकार्दै महासमिति बैठकले नयाँ रक्तसञ्चार गराउने बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ । ‘परिणामका पछाडि जे–जे कारण होलान्, ती सबैका सन्दर्भमा समय लिएरै व्यापक रूपले गम्भीर समीक्षा-छलफल एवं अन्तक्र्रिया गर्न जरुरी छ । सभापतिका नाताले सम्पूर्ण साथीहरूलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु,’ देउवाले केन्द्रीय समिति बैठकमा भने, ‘निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ । राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुने गरी आगामी रणनीति तय गर्न महासमितिले नीतिगत र वैधानिक दिशानिर्देश गर्नेछ ।’

संविधानअनुरूपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न विधान संशोधन गर्ने, पार्टीका सबै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई थप सुदृढ, गतिशील र सशक्त बनाउन नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

देउवाले ठट्टा गर्दै भने, धकेलेरै निकाल्ने हो त ?
सभापतिले देउवाले बैठकको बिट मार्दै भने, ‘माओवादीसँग गठबन्धन गर्दा पार्टीभित्र प्रश्न उठ्यो, मेरो आलोचना भयो । माओवादीसँग गठबन्धन भएको भए हामी यति खुम्चनुपर्ने थिएन । मधेसीसँग गठबन्धन गरौँ भन्दा आफैँ जित्छौँ भन्ने विश्लेषण पार्टीबाटै आए, यसकारण मधेसीसँग गठबन्धन हुन सकेन ।’ उनले युवाहरूलाई नहतारिन, तर जिम्मेवार हुन आग्रह गरे । ‘समयक्रममा पुस्ता हस्तान्तरण हुन्छ । धकेलेर निकाल्छु भन्नुभयो भने हामी पनि अडिन खोज्नुपर्‍यो नि, धक्का खाएर नै निस्कनु त भएन,’ व्यंग्यात्मक शैलीमा ठट्टा गर्दै देउवाले भने, ‘जिम्मेवारी हाम्रै काँधमा आयो भन्ने ठानेर युवाहरूले काम गर्नुस् । समयक्रममा तपाईंहरूले नै काम गर्ने हो ।’

पौडेलले भने धेरै गर्‍यौँ
नेता रामचन्द्र पौडेलले राष्ट्रियताको संवद्र्धनदेखि संविधानको स्वीकार्यता बढाउन कांग्रेसले अग्रणी भूमिका खेलेको बताए । ‘तीन दलले मात्र संविधान कार्यान्वयन गर्न सकेनन् । हामीले मधेसीलाई ल्यायौँ,’ उनले भने, ‘संविधानमा बहुलवादसहितको संरचनालाई स्थापित ग¥यौँ । यसकारण हामी सफल पुस्ता हौँ ।’

पुराना पात झरेपछि… : बलबहादुुर केसी
हिजो विधान नखोजेर पनि बिपीका कार्यकर्ता सहिद हुन तयार थिए । तर, आज विधानभन्दा राजनीतिक सहमति ठूलो भनिँदै छ, गरिँदै छ । विधानभन्दा सहमति ठूलो कुरा होइन । यसकारण विधानअनुसार पार्टी चल्नुपर्छ । रूख बाँच्नका लागि प्राकृतिक रूपमै पुराना पात झर्छन् । नयाँ पालुवा पलाउँछन् । त्यस्तै गरी पार्टीमा पनि पुरानाले विश्राम लिनुपर्छ ।

सहमति दिने अनि विरोध गर्ने ? : बालकृष्ण खाण
१८ वर्षदेखि कार्यसम्पादन बन्न सकेको थिएन, तर अहिले बनेको छ । बल्ल बनेको समितिमा नेताहरू बस्नुभएको छ । संसदीय समितिमा पनि नेताहरू हुनुहुन्छ । तर, अहिले आएर विधानसम्मत भएन भन्नु गलत हो । राष्ट्रिय सभामा भूमिका नपाएकालाई अवसर दिउँ ।

धम्कीबाट डराउँदैनौँ : प्रकाशमान सिंह
हामीले निर्वाचनमा गठबन्धन गर्‍यौँ, तर कस्तो खालको गठबन्धन हो ? लोकतान्त्रिक हो भने हामीले अरूलाई सहयोग गर्नुपर्ने अरूले किन सहयोग गरेनन् ? उम्मेदवार चयनमा पनि कार्यसमितिले पास गरेको कुरालाई सभापतिले किन नमानेको ? एकजनाबाहेक नदोहोर्‍याउने भन्ने थियो, तर किन दोहोर्‍याएको ? हामी संसदीय समितिमा बसेकैले समानुपातिकको सूची हेर्न पाएनौँ । अब यसरी पार्टी चल्न सक्दैन । बैठक र बाहिर बोलेको विषयलाई लिएर सभापति र उहाँका मान्छेले अनुशासनको कारबाही गर्छु भनेर धम्की दिनुभएको छ । धम्कीबाट कोही डराउँदैनौँ । पञ्चायतलाई परास्त गरेर आएका हौँ । यस्ता डरधम्कीले हाम्रो आवाजलाई रोक्नेछैन ।

हामी मधेसीलाई बोक्ने, उनीहरू लात हान्ने : शेखर कोइराला
संसदीय समिति अवैधानिक छ । म आजदेखि यस समितिमा नरहेको जानकारी गराउँछु । कार्यसम्पादन समिति पनि अवैधानिक छ, यो पनि विघटन हुनुपर्छ । गठबन्धनमा हामीले मधेसी मोर्चालाई च्यापिरह्यौँ । तर, मधेसी मोर्चाले लात हानिरहेको छ । मोर्चालाई मात्र खुसी पारेर हामी बलियो हुँदैनौँ । राष्ट्रिय सभामा अवसर नपाएकालाई अवसर दिउँ । पार्टीमा गल्ती भएका छन्, गल्तीको ‘रियलाइजेसन’ सबैले गर्नुपर्छ । विधानअनुसार पार्टी चल्नुपर्छ । महासमिति बैठक फागुनमा राख्नुपर्छ ।

अवसर दिनुस् : जीवन परियार
अवसर पाएकालाई राष्ट्रिय सभामा दोहोर्‍याउनुहुन्न । केन्द्र्रीय सदस्य भएर पनि अवसर नपाएकालाई उम्मेदवार बनाएर जाउँ । विधानविपरीतका कार्यसम्पादन र संसदीय समिति खारेज गरौँ ।

पौडेलको गुनासोको अर्थ छैन : उमाकान्त चौधरी
कार्यसम्पादन र संसदीय समिति अवैधानिक छन् । आजैका मितिबाट विघटन गरौँ । समानुपातिककको सूची बुझाउँदा, सभापतिजी र रामचन्द्र पौडेलजीले एकलौटी गर्नुभयो । हामीलाई सूची हेर्न दिइएन । अहिले आएर पौडेलले गुनासो गर्नुको कुनै अर्थ छैन ।

विधानको सर्वोच्चता मान्नुपर्छ : बद्री पाण्डे
विधानको सर्वोच्चता सबैले मान्नुपर्छ । अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउनुपर्छ ।

धेरै गर्नुभयो, अब अरूलाई गर्ने अवसर दिनुस् : गगन थापा
मुलुकमा भएका सबै आन्दोलनमा कांग्रेस नेताहरूको योगदान अतुलनीय छ । पार्टीलाई जोगाउन नेताले धेरै राम्रो काम गर्दै आउनुभएको छ । देश, लोकतन्त्र र जनताका लागि तपाईंहरूको कामप्रति हामो सम्मान छ । तपाईंहरूले धेरै गर्नुभयो । अब सक्रिय राजनीतिक जीवनबाट मुक्त भएको घोषणा गर्न आग्रह गर्दछु । यसो भएमा कांग्रेस, देश र लोकतन्त्रलाई राम्रो हुन्छ । महासमिति बैठकलाई नेतृत्वले आफ्नो अप्ठ्यारो व्यवस्थापन गर्न उपयोग नगरोस् । यस्तो भए दुर्भाग्यपूर्ण हुन्छ । यसैले अर्ली महाधिवेशनतर्फ जानुपर्छ ।

हारेकालाई अवसर दिउँ : अजय चौरसिया
पार्टीका सिनियर नेताहरू निर्वाचनमा हार्नुभएको छ । राजनीतिमा जिम्मेवार नेताहरू आवश्यक पर्छन् । तसर्थ निर्वाचनमा हारेका नेताहरूलाई पनि राष्ट्रिय सभामा अवसर दिनुपर्छ ।

प्रवक्ता हुनेले निरुत्साहित गराउने ? : किशोरसिंह राठोर
पार्टी प्रवक्ता हुने नेताले नै पार्टी आइसियूमा छ भन्ने ? यति निरुत्साहित गर्ने अनि पार्टी बिरामी छ भन्न मिल्छ ?

पौडेलजीले च्याप्नु भो, देखाउनुभएन : कृष्णप्रसाद सिटौला
समानुपातिक सूचीमा सभापति र पौडेलले हदैसम्मको एकलौटी गरेकै हो । त्यतिवेला सभापतिको ज्यादती उत्कर्षमा थियो । हामीले समानुपातिक लिस्ट हेर्नसमेत पाएनौँ । यस्तो गल्ती सभापतिले अब कहिल्यै गर्नुभएन । त्यतिवेला पनि यी समिति विधानविपरीत छन् भनेकै हौँ । तर, पौडेलजीले देउवासँग सहमति गर्नुभयो । लिस्ट देखाउनुभएन, च्यापेर हिँड्नुभयो । देखाएको भए विरोध गर्न बल पुग्थ्यो । सभापतिको एकलौटीमा बल दिनुभयो । अहिले आएर कुन मुखले विधानविपरीत भन्दै हुनुहुन्छ ? पार्टी विधि र प्रक्रियाअनुसार चल्नुपर्छ । निर्णय पारदर्शी हुनुपर्छ, पार्टीमा सबैले सम्मान पाउनुपर्छ ।

०४८ देखिको समीक्षा गरौँ : पूर्णबहादुर खड्का
समीक्षा गर्दा अहिलेको निर्वाचन मात्र होइन, ०४८ देखिको गर्नुपर्छ । वर्तमान सभापतिलाई साधारण सदस्यबाट निकालेकोदेखि, पार्टी फुटेको र अहिलेसम्मको वस्तुस्थितिको विश्लेषण गरेपछि मात्र सत्यतथ्य पत्ता लाग्छ । हामीले विधानविपरीत समिति नबनाउन भनेको हो । पौडेलजीले सभापतिसँगको सहमतिमा बनाउनुभयो । अहिले कसरी र किन विधानविपरीत भन्दै हुनुहुन्छ ? विधानअनुसार पार्टी चल्नुपर्छ । यो प्रक्रिया आजैबाट सुरु गरौँ ।

गठबन्धन बलियो भएन : प्रदीप गिरी
कम्युनिस्टहरू मिलेर बलियो बने । तर, लोकतान्त्रिक गठबन्धन बलियो भएन । यसैले हामी हार्‍यौँ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top