आईपीएल : कोलकतामाथि हैदरावादको सानदार जित,वार्नर र बेयरस्टोको अर्धशतक

एजेन्सी,बैशाख ८
इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औं खेलमा ओपनरद्वय डेविड वार्नर र जोनी बेयरस्टोले आक्रामक अर्धशतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले कोलकता नाइट राईडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा १ सय ६० रनको लक्ष्य पछ्याएको हैदरावादले १५ ओभरमा १ विकेटको क्षतिमा सहजै पुरा गर्यो । हैदरावादको सहज जितमा ओपनर जोनी बेयरस्टोले ४३ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे ।

त्यस्तै अर्का ओपनर डेविड वार्नर ६७ रनमा आउट भए । यरा पृथ्वीराजले १३ ओभरको दोस्रो बलमा बोल्ड आउट गर्नु अघि वार्नरले ३८ बलमा ५ छक्का र ३ चौका प्रहार गरे । ओपनर बेयरस्टो र वार्नरले पहिलो विकेटका लागि १ सय ३१ रनको साझेदारी गर्दै सहज जित तर्फ अघि बढाएका थिए । कप्तान केन विलियम्सन ८ रनमा अविजित रहे ।

Advertisement

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । कोलकताका ओपनर क्रिस लीनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए ।

Advertisement

त्यस्तै अर्का ओपनर सुनिल नारायणले ८ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै २५ रन बटुल्दै राम्रो सुरुवात दिलाएका थिए । तर मिडिल अडरका सुभमन गिल ३,नितेश राना ११,दिनेश कार्तिक ६ र रिन्कु सिंह ३० रनमा आउट भएपछि सस्तैमा समेटिएको हो ।

यसअघिका खेलमा विस्फोटक ब्याटिङ गर्दै आएका आन्द्रे रसेलले आज ९ बलमा २ छक्का सहित १५ रनमा आउट भए । हैदरावादका लागि खलील अहमदले ४ ओभरमा ३३ रन खर्चेर ३,भुवनेश्वर कुमार २ र सन्दीप शर्मा र राशिद खानले १–१ विकेट लिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top