समायाेजनमा अटेरी गर्ने कर्मचारीलाई सीधै बर्खास्त गर्ने तयारी

काठमाडौं : समायोजनमा नजाने र अटेर गर्ने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ।मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन एने २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्नेसम्मको कारबाही गर्ने तयारी भएको छ।

Advertisement

मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भन्दै गुनासो पोख्ने कर्मचारीमध्ये करिब दुई हजार कर्मचारीको मात्र गुनासो सुुनुवाइ हुने स्थिति छ। बाँकी कर्मचारीप्रति सरकार कठोर बन्ने छ।’

त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिनभित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भइरहेकाे छ। कर्मचारी समायोजन ऐन २०७५ मा समायोन भएका कर्मचारी बाटोको म्यादबाहेक २१ दिनभित्र हाजिरी गर्नुपर्ने व्यवस्था गरिएको छ।समायोजन गरिएका कर्मचारीमध्ये करिब एक चौथाइ कर्मचारी अटेरी देखिएका छन्।,याे समाचार आजकाे नागरिक दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top