विराटनगर, बैशाख १०
मोरङको पथरीमा स्थानीयवासीले प्रहरी प्रसाशनमा ढुङ्गामुढा र नगरपालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । स्थिती नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको हो ।
अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना बस्नेतको हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयवासीले आन्दोलन गरिरहेका छन्। मंगलबार पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ । व्यवसायी रिनाको हत्यारा पत्तालगाई कारवाहीको माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन् ।