फेरि विद्रोह गर्ने भ्रम नपाल्न प्रचण्डको आग्रह

फेरि विद्रोह गर्ने भ्रम नपाल्न प्रचण्डको आग्रह

काठमाडौं, बैशाख १०
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई लक्षित गर्दै देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।

मंगलबार ललितपुरमा आयोजित आदिवासी र जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष दाहालले आदिवासी र जनजातिहरुलाई भने, ‘फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्नुस् । मलाई थाहा छ, तपाईंहरु विप्लवको पक्षमा हुनुहुन्न ।’

कार्यक्रममा उनले आदिवासी, जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको स्मरण गराउँदै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दबाब दिने गरी बृहत् बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.