×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

आईपीएल : डी भिलियर्स चम्किँदा पञ्जावमाथि बेंगलोरको जित

१२ बैशाख २०७६

एजेन्सी, बैशाख १२
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभने पन्जावलाई १७ रनले पराजित गरेको छ ।बेंगलोरको घरेलु मैदान चिन्ना स्वामी स्टेडियममा २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८५ रन बनाउन सक्यो ।

पन्जावका ओपनर केएल राहुलले २७ बलमा ७ चौका र १ छक्का सहित ४२, क्रिस गेल २३,मयंक अग्रवाल ३५ र डेविड मिलर २४ रनमा आउट भए ।त्यस्तै निकोलस पुरनले २८ बलमा ५ छक्का र १ चौका सहित ४६,रविचन्द्र आश्विन ६ रनमा आउट हुँदा मन्दीप सिंह ४ र मुरुगन आश्विनद १ रनमा अविजित रहे । बेंगलोरका उमेश यादवले ३,नन्दीप सैनी २,मार्कस स्टोइनिस र मोइन अलीले समान १ विकेट हात पारे ।

Advertisement
Advertisement

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो । बेंगलोरलाई विशाल योगफलमा पुर्याउन एवी डी भिलियर्स ८२ रनमा अविजित रहे । उनले ४४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

डी भिलियर्सले १९ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा मोहम्मद शामीलाई लगातार छक्का प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । त्यस्तै अन्तिम ओभरमा हार्डस विलोजेनलाई मार्कस स्टोइनिसले समान २ छक्का र चौका साथै एवी डी भिलियर्सले १ छक्का सहित २७ रन बटुलेपछि बेंगलोरले विशाल योगफल तयार पारेको हो ।

बेंगलोरले चौथो ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई १३ रनमा गुमाएको थियो । मोहम्मद शामीले मन्दीप सिंहबाट क्याच आउट गराउनु अघि कोहलीले ८ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा मुरुगन आश्विनले कप्तान रविचन्द्र आश्विनबाट पार्थिव पटेललाई ४३ रनमा क्याच आउट गराए । पटेलले २४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोइन अली ४ र अक्षयदीप नाथ ३ रनमा आउट भएपछि बेंगलोर समस्यामा परेको थियो ।

पाँचौ विकेटका लागि डी भिलियर्स र मार्कस स्टोइनिसले ११ ओभरमा १ सय २१ रनको अविजित साझेदारी गर्दै बेंगलोरलाई विशाल योगफल सम्म पुर्याए । स्टोइनिसले ३४ बलमा २ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । पन्जावका मोहम्मद शामी,मुरुगन आश्विन,रविचन्द्र आश्विन र हार्डस विलोजेनले समान एक विकेट लिए ।

Advertisement

यो जितसँगै बेंगलोर ११ खेलमा ७ मा हार र ४ मा जितका साथ साँतौ स्थानमा उक्लिएको छ । ११ खेलमा ८ मा जित र ३ मा हारका साथ चेन्नई शीर्ष स्थानमा छ भने ११ खेलमा ७ मा जित र ४ मा हारका साथ दिल्ली दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top