विनासकारी भूकम्पको चार वर्ष: परकम्पनले ठूलो भूकम्पको जोखिम कम

काठमाडौं : चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ ।

काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस् नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले दिइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन् । धादिङको नौबिसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो ।

केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराई भन्नुहुन्छ, ‘‘बुधबार बिहान गएको भूकम्पचाहिँ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्पन नै हो । बिहीबार भूकम्प गएको चार वर्ष पुग्दैछ भनेर यो परकम्पन आएको होइन । भूकम्प कहिले जान्छ भन्ने भन्न सकिँदैन । संयोग मात्रै हो ।’’

अर्का सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाले काठमाडौँ नजिक केन्द्र भएकाले सबैलाई बढी चासो भएको हो तर यस्ता भूकम्प अन्य क्षेत्रमा पनि गइरहेका छन् ।अन्यत्र जाँदा कम र काठमाडौँ नजिक जाँदा बढी चासो हुनु स्वाभाविक नै हो । सबैभन्दा बढी परकम्पन गएका क्षेत्रमा दोलखा र सिन्धुपाल्चोक क्षेत्र हुन् र त्यसपछि गोरखामा गएको केन्द्रले तथ्याङ्कमा छ ।

नेपालको चुरेको भूभागमाथि तिब्बतीय र भारतीय प्लेटको टकराव हुन्छ, त्यसले शक्ति पैदा गर्छ, त्यसले गर्दा यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ । शक्ति जम्मा हुने र क्षीण हुने चक्र हुन्छ र त्यसैले गर्दा भूकम्प जान्छ । नेपालको करिब आठ सय किलोमिटर क्षेत्र नै भूकम्पकीय क्षेत्रमा पर्छ । सामान्यतया परकम्पन जानुलाई राम्रो मानिन्छ जसले त्यस क्षेत्रमा ठूला भूकम्प जाने जोखिम कम हुने विज्ञहरू बताउँछन् ।,यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन्

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top