यूएईसँग नयाँ सम्झौता, साउदीमा ११६३ नेपाली अलपत्र

१३ बैशाख ७६, शुक्रबार

काठमाडौं, बैैशाख १३
नेपाल र युनाइटेड अरब इमिरेट्स यूएई बीच नयाँ श्रम सम्झौता हुने भएको छ । सम्झौताको अन्तिम मस्यौदामा बिहीबार सहमति जुटेको छ । नेपाल र यूएईका उच्चस्तरीय श्रम अधिकारी संलग्न प्राविधिक समितिको बैठकले नयाँ सम्झौताको मस्यौदा टुंगो लगाएको हो ।

Advertisement

मस्यौदामा प्राविधिक टोलीका सदस्यले हस्ताक्षर गरेका छन् । दुबै देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि मस्यौदामा दुई देशबीच हस्ताक्षर हुनेछ । एक महिनाभित्र हस्ताक्षर गरी सम्झौता कार्यान्वयन गर्ने सहमति भएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यसैबीच साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कस्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन कुरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top