आज सातै प्रदेशका सांसदको सपथ

६ माघ ७४, आइतबार

काठमाडौं : सातै प्रदेशका सांसदलाई प्रदेश प्रमुखले आइतबार शपथ खुवाउँदै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सातै प्रदेशको अस्थायी मुकाममा आइतबार बिहान ११ बजे प्रदेश प्रमुखले सम्बन्धित प्रदेशमा निर्वाचित भएका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको हो।

Advertisement

जसअनुसार प्रदेश १ मा विराटनगरको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुरको उद्योग वाणिज्य संघ कार्यालय, प्रदेश ३ मा हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालय, प्रदेश ४ मा पोखराको नगर विकास प्रशिक्षण केन्द्र, प्रदेश ५ मा बुटवल उद्योग वाणिज्य संघको कार्यालय, प्रदेश ६ मा सुर्खेत जिल्ला समन्वय समितिको कार्यालय र प्रदेश ७ मा कैलाली जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेशसभा सदस्यको शपथग्रहण हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सरकारले बुधबार सिफारिस गरेका सातै प्रदेशका प्रदेश प्रमुखको नियुक्ति र शपथ शुक्रबार भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top