भीषण बाढीका कारण इन्डोनेसियामा ३१ जनाको मृत्यु, १३ बेपत्ता

काठमाडौं, वैशाख १६्
इन्डोनेसियाको राजधानी जाकार्ता र पश्चिमी प्रान्त बेङकुलुमा आएको भीषण बाढीपहिरोका कारण सोमबार सम्ममा करिब ३१ जनाको ज्यान गुमाएका छन् भने १३ जना अझैँ बेपत्ता भएका छन् ।

Advertisement

उक्त बाढीपहिरोमा परी १३ जना मानिस अझै सम्पर्कमा नआएको र उनीहरूको खोजीकार्य भइरहेको प्रकोप नियन्त्रण निकायका अधिकारीहरूले जनाएका छन् ।

भीषण बाढीपहिरोकै कारण केही शिक्षण संस्था तथा करिब दुई सय जति निजी तथा सरकारी आवास बाढी पहिरोले बगाएपछि करिब १२ हजारभन्दा व्यक्तिहरू शरणार्थी स्थलमा आश्रय लिन पुगेका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Advertisement

बाढी र पहिरोले घरहरू मात्र नभई सडक पुल लगायतका करिब ४० ओटा भौतिक पूर्वाधारहरूमा आंशिक तथा पूर्ण क्षति बनाएको त्यहाँबाट प्रकाशित बिभिन्न मिडियाले सम्प्रेषण गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top