विराटनगरमा सडकपेटी मिचेर राखिएका बस्तु नियन्त्रणमा

१६ बैशाख ७६, मंगलबार

विराटनगर, वैशाख १७
चाडबाडका समयमा मात्रै अनुगमन गरिने भन्दै आलोचना खेप्दै आएको विराटनगर महानगरपालिकाले सडक पेटी मिचेर विक्रीकालागि राखिएका बस्तु नियन्त्रणमा लिएको छ ।

Advertisement

मंगलबार अनुगमनका लागि निस्किएको महानगरपालिकाको टोलीले सडक पेटीमा राखिएका फेन्सी सामाग्रीका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामाग्री समेत नियन्त्रणमा लिएको छ ।

सडकको पेटीमै बिक्रीका लागि सामाग्री राखेर ब्यापार गर्ने प्रबृतिलाई निरुत्साहित गर्न महानगरले मंगलबार नगरक्षेत्र भित्रका विभिन्न सडकहरुको अनुगमन गरेको हो ।

Advertisement

टोलीले नगरक्षेत्रको मुख्य बजारसहित कालोपत्रे र सडक पेटी निर्माण भइसकेका क्षेत्रहरुको अनुगमन गरेको छ । महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहित कर्मचारी र नगर रक्षकहरुको टोलीले स्थानीय बाटा रोड, जलजला मोडका सडक पेटीहरुको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कयौं ब्यापारीहरुले सडक पेटीमै सामाग्री राखेर बिक्री गर्ने गरिएको भेटिएको छ । महानगरपालिकाले यसअघि पटकपटक माईकिंग गराएर तथा पसलपसलमा प्रतिनिधि पठाएर सडक पेटीमा सामाग्री नराख्न अनुरोध गरेपनि ब्यापारीहरुले अटेर गरेको अनुगमनको क्रममा फेला परेको थियो । बाटा रोडका कयौं ब्यापारीहरुले सडक पेटीमै सामाग्री राखेको फेला परेको नगर रक्षकहरुको टोलीले त्यस्ता बस्तु नियन्त्रणमा लिएको छ ।

Advertisement

महानगरपालिकाको टोलीले फुटपाथ अवरुद्ध गरेको भन्दै बाटा रोडको लक्ष्मी क्लोथ स्टोर र गिरधारि कपडा पसल लगायतका पसलहरुको फुटपाथमा राखिएका सामाग्री नियन्त्रणमा लिएको छ ।

महानगरपालिकाका उपमेयर इन्दीरा कार्कीले पटकपटकको सुचनालाई अटेर गरेपछि फुटपाथमा राखिएका सामाग्री नियन्त्रणमा लिएको बताइन् ।

यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरलाई ब्यवस्थित गर्नु महानगरबासीको पहिलो कर्तब्य रहेको बताए ।

उनले अब उपरान्त महानगरपालिका कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । नियन्त्रणमा लिइएका सामाग्रीका धनीलाई नियमानुसारको जरिवाना गरिने उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top