प्रदेश राजधानी नदिए आन्दोलनमा उत्रने धरानकाे चेतावनी

२२ बैशाख ७६, आइतबार
Share this
748shares

धरान : प्रदेश १ को नाम र राजधानी तोक्ने कसरत भइरहँदा धरानको नागरिक समाज र राजनीतिक दलहरुले राजधानीको माग गर्दै सशक्त आन्दोलन गर्ने भएका छन्।

Advertisement

प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन्।

धरान उपमहानगरपालिकाको पहलमा शनिबार साँझ आकस्मिक सर्वपक्षीय बैठक बसेर सशक्त आन्दोलन गर्ने निर्णय गरेका हुन्। ‘राजधानीको माग गर्दै सशक्त संघर्ष शुरु गर्ने निर्णय ग–यौं, धरानमा पर्याप्त पूर्वाधार भएर पनि केही छैन भन्दै गलत प्रचार भयो,’ कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्, ‘हामीले राजधानी र मन्त्रालयको लागि आवश्यक जग्गा र संरचना दिन्छौं भनेर वितरण नै दिएका छौं। हामी धरानमा राजधानी चाहन्छौं।’ ,यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top