धरानलाई राजधानी तोक्न माग गर्दै विराटनगरमा सिठी जुलुस

विराटनगर, वेशाख २२
प्रदेश नम्बर १ को स्थायी राजधानी र नामको विषयमा घनीभूत छलफल चलिरहदा धरानलाई प्रदेश राजधानी घोषणा गर्न माग गर्दे विराटनगरमा सिठी जुलुस निकालिएको छ ।

धरानलाई प्रदेश १ को स्थायी राजधानी तोक्न माग गर्दै धरानबासीले विराटनगर स्थित प्रदेशसभा भवन अगाडि सिठी जुलुस निकालेका हुन् । धरानबाट आएका धराने जनताले राजधानीका लागि खबरदारी गर्दे प्रदर्शन गरेका छन् ।

सबै राजनीतिक दलको अगुवाइमा धरानबाट आएका विभिन्न दलका कार्यकर्ता र संघसंस्थाका प्रतिनिधि प्रदर्शनमा सहभागि रहेका थिए । प्रदेश नम्बर १ को राजधानी र प्रदेशको नामाकरणको बहस टुङ्गोमा पुग्नै लाग्दा धरानले राजधानीको माग गर्दै चरणबद्ध आन्दोलनको सुुरुवात गरेको छ ।

धरान उपमहानगरपालिकाको कार्यालयमा सम्पन्न विभिन्न राजनितिक दलको बैठकले निर्णायक आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ । विभिन्न दलहरुका प्रतिनिधीले प्रदेशको राजधानी धरानलाई बनाउन संघर्षका चरणबद्ध बुँदाहरु प्रस्ताव गरेका थिए ।

प्रतिनिधीहरुले राखेको प्रस्ताव माथि छलफल गर्दै धरान उपमहानगरपालिकाले धरान क्षेत्रबाट विजयी भएका प्रदेशका मुख्य ओहोदामा पुगेका प्रतिनिधीहरुलाई ज्ञापन पत्रसहित धरान उपयुक्तताको आधारहरु पेश गर्ने कार्यक्रम तय गरेका छन् ।

धरानले स्थायी राजधानी बनाउनका लागि धरान सभागृह भवनसहित त्यसले आगेटेको जमिन र धरान उपमहानगरपालिकाकै नाममा २५ विघा क्षेत्रफल रहेको जमिन समेत उपलब्ध गराउने जानकारी गराईसकेको जनाएको छ ।

धरान पहाड र तराईको संगमस्थलको रुपमा रहेकाले प्रदेशको प्रशासनिक कार्य सम्पादन गर्न सहज हुने भएकाले पनि धरानमा राजधानी बनाउन उपयुक्त रहेको धरानवासीको ठम्याई छ । प्रदेशसभामा राजधानी प्रस्ताव दर्ता गर्ने दिन आइतबार धरानबाट गाडी रिजर्भ गरी आन्दोलन गर्न विराटनगर आएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top