इन्डियन वुमन्स लिगमा सावित्राको सानदार सुरुवात

२३ बैशाख ७६, सोमबार
Share this
760shares

एजेन्सी, बैशाख २३
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । सावित्राको उत्कृष्ट प्रदर्शनमा उनी सम्मिलित सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोट्र्स क्लबलाई ६–४ गोलले पराजित गर्यो । सेथुको जितमा सावित्राले ४ गोल गर्दै १ असिस्ट प्रदान गरिन् ।

Advertisement

पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । उनले १६ औं मिनेटमा सेथुको अग्रता दोब्बर पारिन् । २२ औं मिनेटमा सेथुको डिफेन्समा तालमेल नमिल्दा मणिपुरले आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको ३४ औं मिनेटमा सावित्राले मिडफिल्डबाट ग्रेस दाङमेईको लामो पासलाई उत्कृष्ट नियन्त्रणमा लिएर पोस्टको दिशा दिँदै ह्याट्रिक पुरा गरिन् । ४१ औं मिनेटमा मणिपुरकी कप्तान बाला देवीले गोल गर्दै अग्रता घटाइन् । पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले चौथो गोल गरेकी हुन् । उनले रतनबाला देवीको क्रसलाई सहजै गोलमा परिणत गरिन् ।

Advertisement

दोस्रो हाफको ६५ औं मिनेटमा मणिपुरका लागि आशारानी देवीले गोल गर्दै खेल ४–३ को स्थितिमा ल्याइन् । तर त्यसको दुई मिनेट नबित्दै ग्रेसले सहज गोल गर्दै २ गोलको अग्रता क्याम राखिन् । ७५ औं मिनेटमा सावित्राको पासमा दाङमेई ग्रेसले खालि पोस्टमा गोल गर्दै ६–३ ले अगाडी बढाइन् । दोस्रो हाफको इन्ज्युरी समयमा मणिपुरले अर्को गोल थपेपनि उक्त गोल सान्तवनामा सिमित भयो ।

Advertisement

यस जितसँगै सेथु लिगमा विजयी सुरुवात गरेको छ । यसै समूहको अघिल्लो खेलमा कोल्हापुरले बरोडालाई ४–३ ले पराजित गरेको थियो ।खेलमा नेपालकी अनिता बस्नेत भने पहिलो रोजाईमा पर्न सकिनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top