छाला तथा कपाल प्रत्यारोपणको सेवा विराटनगरमै हुने

विराटनगर, वैशाख २५
छाला तथा कपाल प्रत्यारोपण सम्वन्धी क्लिनिक आज देखि विराटनगरमा सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधि सहित सेवा पु¥याउने उदेश्य सहित विराटनगर कोशी अञ्चल अस्पताल नजिकै भिनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

पूर्व क्षेत्रमा पहिलो पटक सञ्चालनमा ल्याइएको क्लिनिकमा छाला सम्वन्धी सम्पूर्ण रोगको परामर्श तथा उपचार, नङ सम्वन्धि सम्पूर्ण रोग, कपाल सम्वन्धि सम्पूर्ण रोग, छालाको बायोप्सी, एलर्जीको जाँच, गाठा गुठी मुसा मेसिनद्धारा राग रहित निकालिने सञ्चाल डा.सिल्भिया पियाले जानकारी दिइन ।

उनले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको समाधान, पीआरपी थेरापी र दारी प्रत्यारोपण गरिने जानकारी दिइन । क्लिनिकमा दाग हटाउने, डन्डीफोर तथा डन्डीफोरको दागको उपचार र हाइड्रो फेसियलद्धारा अनुहारको ग्लो बढाउने उपचार हुने डा. तपन प्रधानले बताए ।

क्लिनिकमा आँखाको वरिपरि देखिने कालोपनको उपचार, चाउरी पनको उपचार, आँखाको प्लाष्टिक सर्जरी र कान वेरिएको दाग रहित उपचार हुने डा.दिलिप चौधरीले जानकारी दिए । भिनस छाला तथा कपाल प्रत्यारोप क्लिनिकमा केमिकल पिलिङ, हाईड्रो फेसियल, डर्मारोलर पिआरपी प्रविधिबाट सेवा प्रदान गरिने डा.सिल्भिया पियाले बताइन ।

छाला तथा कपाल प्रत्यारोपण क्लिनिक विराटनगरमा शुरु भएसँगै सेवाग्राहीहरु काठमाण्डौं, भारत जाने समस्याको समाधान हुने सञ्चालकको दावी छ । क्लिनिकले हरेक बुधबार निशुल्क परामर्श सेवा दिने जनाएको छ । कपाल प्रत्यारोपणका लागि हरेक दिन निशुल्क परामर्श सेवा दिईने डा. पियाले बताइन ।

Scroll to Top