चीनले व्यापार वार्ताको सम्झौता तोडेको अमेरिकाको आरोप

२६ बैशाख ७६, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले व्यापार वार्ताको सम्झौता तोडेको आरोप लगाएका छन् । चीनले आफ्नो देशका सामानमा अमेरिकाले कर वृद्धि गरे त्यसको कडा जवाफ दिने बताएलगत्तै ट्रम्पको प्रतिक्रिया सार्वजनिक भएको हो । दुवै पक्षबीचको आरोपप्रत्यारोपले दुई देशबीचको सम्भावित व्यापार सम्झौता तत्कालका लागि टरेको छ । ट्रम्पले शुक्रबारदेखि २ सय खर्ब डलर बराबरका चिनियाँ वस्तुको कर दोब्बर बनाउने बताइसकेका छन् । यद्यपि, जारी व्यापार विवाद अन्त्यको पहलका लागि दुई देशका प्रतिनिधिले बिहीबार वासिङ्टनमा वार्ता गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । वासिङ्टनसँगको वार्तामा सहभागी चिनियाँ टोलीको नेतृत्व उपप्रधानमन्त्री लिउ हि ले गरेका छन् । उनी चीनका प्रभावशालीमध्येका एक अधिकारी हुन् । अमेरिकाको हार्भाड विश्वविद्यालयमा अध्ययन गरेका लिउ निकै राम्रो अंग्रेजी बोल्छन् । दुई देशबीचको छलफल अघि राष्ट्रपति ट्रम्पले व्यापार सम्झौता तोडेको भन्दै चिनियाँ नेतालाई आरोप लगाए । यसअघि दुई देश सम्झौताको निकै नजिक पुगेको र व्यापार युद्ध अन्त्य हुने करिब निश्चित भएको बताइएको थियो । आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत २ सय अर्ब डलर बराबरको चिनियाँ सामानको कर दोब्बर पार्ने बताएका थिए  । व्यापार वार्तामा अमेरिकी प्रतिनिधि रोबर्ट लाइटहिजरले चीनले यसअघि जनाएको प्रतिबद्धता तोडेको आरोप लगाए । यद्यपि, उनले बेइजिङसँग अझै पनि सम्झौता हुने सम्भावना कायमै रहेको बताए । दुई देशबीचको युद्धले सेयर बजारसमेत प्रभावित भएको छ । साताको सुरुमा सार्वजनिक भएको उच्च करका कारण लगानीकर्ताको होसियारीका कारण सेयर बजार विश्वव्यापी रूपमा ओरालो लागेको जनाइएको छ । ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेयता क्यानडाले १२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको अमेरिकी सामानमा कर लगाइसकेको छ । युरोपेली संघले २ अर्ब ८ करोड अमेरिकी डलरको समानमा २५ प्रतिशत कर लगाएको छ । त्यसैगरी, मेक्सिकोले पनि अमेरिकी स्टिल, मासु, स्याउ र आलुमा २५ प्रतिशत कर लगाएको छ । टर्कीले अमेरिकी समानमा लगाएको कर तेब्बर वृद्धि गरेको छ भने भारतले आफ्नो देशमा निर्यात हुने बदाममा कर बढाउने योजना सार्वजनिक गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top