NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

शनिबार बैशाख २८ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी,बैशाख २८
चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती विशाखापट्नममा सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई आठौं पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो ।

अव उपाधिका लागि चेन्नईले मुम्बई इन्डियन्ससँग आगमी आईतबार राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्ने छ । यो हारसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलत दिल्लीको सिजनको आईपीएल यात्रा यहि समाप्त भएको छ। १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।

चेन्नईलाई फाईनल सम्म पुर्याउन ओपनर शेन वाटशन र फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । ओपनर डु प्लेसिस र वाटशनले पहिलो विकेटका लागि १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै चेन्नईको जित सहज बनाएका थिए । ट्रेन्ट बोल्टले डु प्लेसिसलाई किमो पलबाट ५० रनमा क्याच गराउदै साझेदारी तोडे । उनले ३९ बलमा ७ चौका र १ चौका प्रहार गरे ।

LS Auto

वाट्शन ३२ बलमा ४ छक्का र ३ चौका सहित ५० रनमा क्याच आउट भए । वाटशनलाई १३ ओभरको दोस्रो बलमा अमित मिश्राले बोल्टबाट क्याच आउट गराए । सुरेश रैना ११ रनमा बोल्ड आउट भए । महेन्द्र सिंह धोनी ९ र आम्बाती रायडू ले २० रनको योगदान दिए । ईशान्त शर्मा,बोल्ट,अक्षर पटेल र अमित मिश्राको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। अन्तिम ओभरमा रविन्द्र जडेजाले २ छक्का र १ चौका सहित १६ रन खर्चिन पुगेपछि दिल्ली मध्यम योगफल सम्म पुग्न सफल भएको हो ।

दिल्लीका लागि ऋषभ पन्तले २५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । १९ ओभरको चौथो बलमा पन्तलाई दिपक चाहरले ड्वेन ब्राभोबाट क्याच आउट गराएका थिए ।

त्यसअघि पन्तले १७ ओभरको चौथो बलमा जीवनदान पाएका थिए । इमरान ताहिरको बलमा कडा शट प्रहार गरेका दिपक चाहरले क्याच लिएपनि बाउन्ड्रीलाई बाहिर गएपछि उक्त बल छक्का हुन पुगेको थियो ।

दिल्लीले पहिलो विकेट तेस्रो ओभरको तेस्रो बलमा पृथ्वी शालाई ५ रनमा गुमाएको थियो । शा एलबीडब्लू आउट भए । सुरुवाती समय दिपक चाहरले अपिल गरे पनि एम्पारले नकारेका थिए । तर धोनीले रिब्यू लिदै पेभिलिएन फर्काए । छैटौं ओभरको दोस्रो बलमा हरभजन सिंहले शिखर धवनलाई महेन्द्र सिंह धोनीबाट कट एण्ड बिहाइन्ड निकाल्दै १८ रनमा पेभिलिएन फर्काए । धवनले १४ बलमा ३ चौका प्रहार गरे ।

रविन्द्र जडेजाको ९ औं ओभरको पाँचौ बलमा बलमा ठूलो शट खेल्ने धुनमा कोलिन मुनरो बाउन्ड्री लाईन नजिकै ड्वेन ब्राभोबाट २७ रनमा क्याच आउट हुन पुगे । उनले २४ बलमा ४ चौका प्रहार गरे । इमरान ताहिरको १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर ठूलो शट खेल्ने धुनमा गलत शट प्रहार गर्दै सुरेश रैनाबाट १३ रनमा क्याच आउट भए ।

ब्राभोको १३ ओभरको पाँचौ बाउन्सर बलमा शट प्रहार गर्दा अक्षर पटेल ताहिरबाट ३ रनमा क्याच आउट भएपछि दिल्ली संकटमा परेको थियो । तल्लो क्रममा शेरफेद रदरफर्ड १० र किमो पल ३ रनमा आउट भए । ईशान्त शर्मा १० र अमित मिश्रा ६ रनमा अविजित रहे ।

चेन्नईका लागि हरभजन सिंह,दिपक चाहर,रविन्द्र जडेजा र ड्वेन ब्राभोले समान २ विकेट लिए । त्यस्तै इमरान ताहिरको नाममा १ विकेट रह्यो ।
अब प्रतियोगिताको फाईनल खेल आईतबार मुम्बई इन्डियन्स र चेन्नईबीच हुनेछ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

00:11:07

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

00:10:17

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.