×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

२८ बैशाख २०७६

एजेन्सी,बैशाख २८
चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती विशाखापट्नममा सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई आठौं पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो ।

अव उपाधिका लागि चेन्नईले मुम्बई इन्डियन्ससँग आगमी आईतबार राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्ने छ । यो हारसँगै नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलत दिल्लीको सिजनको आईपीएल यात्रा यहि समाप्त भएको छ। १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।

Advertisement

चेन्नईलाई फाईनल सम्म पुर्याउन ओपनर शेन वाटशन र फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । ओपनर डु प्लेसिस र वाटशनले पहिलो विकेटका लागि १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै चेन्नईको जित सहज बनाएका थिए । ट्रेन्ट बोल्टले डु प्लेसिसलाई किमो पलबाट ५० रनमा क्याच गराउदै साझेदारी तोडे । उनले ३९ बलमा ७ चौका र १ चौका प्रहार गरे ।

वाट्शन ३२ बलमा ४ छक्का र ३ चौका सहित ५० रनमा क्याच आउट भए । वाटशनलाई १३ ओभरको दोस्रो बलमा अमित मिश्राले बोल्टबाट क्याच आउट गराए । सुरेश रैना ११ रनमा बोल्ड आउट भए । महेन्द्र सिंह धोनी ९ र आम्बाती रायडू ले २० रनको योगदान दिए । ईशान्त शर्मा,बोल्ट,अक्षर पटेल र अमित मिश्राको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। अन्तिम ओभरमा रविन्द्र जडेजाले २ छक्का र १ चौका सहित १६ रन खर्चिन पुगेपछि दिल्ली मध्यम योगफल सम्म पुग्न सफल भएको हो ।

दिल्लीका लागि ऋषभ पन्तले २५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । १९ ओभरको चौथो बलमा पन्तलाई दिपक चाहरले ड्वेन ब्राभोबाट क्याच आउट गराएका थिए ।

त्यसअघि पन्तले १७ ओभरको चौथो बलमा जीवनदान पाएका थिए । इमरान ताहिरको बलमा कडा शट प्रहार गरेका दिपक चाहरले क्याच लिएपनि बाउन्ड्रीलाई बाहिर गएपछि उक्त बल छक्का हुन पुगेको थियो ।

दिल्लीले पहिलो विकेट तेस्रो ओभरको तेस्रो बलमा पृथ्वी शालाई ५ रनमा गुमाएको थियो । शा एलबीडब्लू आउट भए । सुरुवाती समय दिपक चाहरले अपिल गरे पनि एम्पारले नकारेका थिए । तर धोनीले रिब्यू लिदै पेभिलिएन फर्काए । छैटौं ओभरको दोस्रो बलमा हरभजन सिंहले शिखर धवनलाई महेन्द्र सिंह धोनीबाट कट एण्ड बिहाइन्ड निकाल्दै १८ रनमा पेभिलिएन फर्काए । धवनले १४ बलमा ३ चौका प्रहार गरे ।

रविन्द्र जडेजाको ९ औं ओभरको पाँचौ बलमा बलमा ठूलो शट खेल्ने धुनमा कोलिन मुनरो बाउन्ड्री लाईन नजिकै ड्वेन ब्राभोबाट २७ रनमा क्याच आउट हुन पुगे । उनले २४ बलमा ४ चौका प्रहार गरे । इमरान ताहिरको १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर ठूलो शट खेल्ने धुनमा गलत शट प्रहार गर्दै सुरेश रैनाबाट १३ रनमा क्याच आउट भए ।

ब्राभोको १३ ओभरको पाँचौ बाउन्सर बलमा शट प्रहार गर्दा अक्षर पटेल ताहिरबाट ३ रनमा क्याच आउट भएपछि दिल्ली संकटमा परेको थियो । तल्लो क्रममा शेरफेद रदरफर्ड १० र किमो पल ३ रनमा आउट भए । ईशान्त शर्मा १० र अमित मिश्रा ६ रनमा अविजित रहे ।

Advertisement

चेन्नईका लागि हरभजन सिंह,दिपक चाहर,रविन्द्र जडेजा र ड्वेन ब्राभोले समान २ विकेट लिए । त्यस्तै इमरान ताहिरको नाममा १ विकेट रह्यो ।
अब प्रतियोगिताको फाईनल खेल आईतबार मुम्बई इन्डियन्स र चेन्नईबीच हुनेछ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top