एजेन्सी , बैशाख २८
१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईतबार (भोली) नेपाल फर्किने भएका छन् ।
नेपाली टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रनम शिवाकोटीले सन्दीप भोली नेपाल फर्किने जानकारी दिए । शिवाकोटीका अनुसार सन्दीप आईतबार दिउँसो २ः३५ मा त्रिभुवन विमानस्थल आई पुग्ने छन् ।
सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स दोस्रो क्वालिफयारमा शुक्रबार चेन्नई सुपर किंग्ससग पराजित भएपछि सन्दीपको पनि यस सिजनको आईपीएल यात्रा सकिएको हो । आईपीएलमा सन्दीपले अपेक्षा अनुसारको प्रर्दशन गर्न भने सकेनन् । जारी आईपीएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिन सफल भए ।
सन्दीप सम्मिलित दिल्ली ७ वर्षपछि प्ले अफमा पुग्न सफल भएको हो । आईपीएलको उपाधिको लागि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच आईतबार प्रतिस्पर्धा हुनेछ ।