वैदेशिक रोजगार विभागले पीडितका उजुरी निःशुल्क लेखिदिन थालेको छ । वैदेशिक रोजगारमा दुःख पाएर उजुरी दिन कार्यालयमा आएकाहरुबाट निवेदन लेखिदिनेहरुले मनपरी शुल्क लिएको पाएपछि आफैं निवेदन लेखिदिन सुरु गरेको विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो । पीडित अब व्यक्तिगत उजुरी दिनुपर्ने भए मुद्दा तथा अनुसन्धान शाखाबाट र संस्थागत उजुरी संस्थागत शाखाबाट उजुरी लेखाउन सकिने उहाँले बताउनुभयो । यसले उजुरी लेखाउने नाममा भइरहेको ठगी रोकिने र उजुरी लेख्न अहिले भइरहेको खर्च जोगिने विभागको भनाई छ । उजुरी लेख्न बिचौलियाहरुले अहिले सेवाग्राहीहरुसँग दुईदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् । योसँगै अहिले देखिएको उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको पनि अन्त्य हुने विश्वास विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागले पीडितहरुका उजुरी अब निःशुल्क लेखिदिने
२९ बैशाख ७६, सोमबार
भर्खरको समाचार
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार
गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी
वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह
फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल