Nepal Times
Nepal Times
3
Shares

४ करोड फलोअर्स पुगेको अवसरमा प्रियंकाले दिइन् सबै फलोअर्सलाई धन्यवाद

४ करोड फलोअर्स पुगेको अवसरमा प्रियंकाले दिइन् सबै फलोअर्सलाई धन्यवाद

बलिउड र हलिउडमा राम्रै स्थान बनाएकी नायिका प्रियंका चोपडा विभिन्न कारणबाट चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी चलचित्रबाट भन्दा पनि विभिन्न स्क्यान्डलबाट चर्चामा आइरहेकी छिन् । हालै ‘मेट गाला २०१९’मा उनले लगाएको पहिरनको पनि निकै चर्चा र विवाद भएको थियो । उनै प्रियंकाले आफ्नो इन्स्टाग्राममा ४ करोड फलोअर्स पाएकी छिन् । बुधबार उनको इन्स्टामा ४ करोड फलोअर्स पुगेको छ । उनले ४ करोड फलोअर्स पुगेको अवसरमा सबै फलोअर्सलाई धन्यवाद भन्दै एक भिडियो पनि सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको भिडियोमा प्रियंकाको अनुहारमा निकै खुसी झल्किएको छ । उनले भिडियो सार्वजनिक गर्दै लेखेकी छिन् –‘मेरो इन्स्टा परिवारप्रति धेरै खुसी । तपाईहरु मेरो मनमा हुनुहुन्छ । मलाई माया दिनुभएकोमा र मेरो यात्रामा साथ दिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्वाद । ४ करोडको धनी ।’ कुनै पनि सामाजिक संजालमा ४ करोड फलोअर्स पाउने प्रियंका पहिलो बलिउड कलाकार बनेकी छिन् । अरु कुनै पनि सेलिब्रिटीले ४ करोड फलोअर्स पाएका छैनन् । प्रियंकाको फलोअर्स देशमा मात्र नभएर विदेशमा पनि धेरै छन् । त्यसैले पनि उनले यो आँकडा पार गर्न सफल भइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.