NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

गण्डकी प्रदेशमा १ सय १० पर्यटकीय गन्तव्य पहिचान

बिहिबार जेष्ठ २ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
गण्डकी प्रदेशमा १ सय १० पर्यटकीय गन्तव्य पहिचान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

पोखरा, जेठ २
संघीय सरकारले केही समयअघि देश भरका १ सय पर्यटकीय गन्तव्य सार्वजनिक गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका एक सय १० वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्येक जिल्लाका १०–१० वटा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सार्वजनिक गरेको हो । पर्यटन प्रवर्द्धन हुने गरी पर्यटनको पूर्वाधार विकासमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएको छ ।

जिल्ला समन्वय समिति, पर्यटन व्यवसायी, प्रदेश सांसद, गाउँपालिका, महानगर, स्थानीय तहका जनप्रतिनिधिहरू एवं सरोकार पक्षसँगको छलफलबाट प्रदेशका पर्यटकीय गन्तव्यहरुको छनोट गरिएको गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यहरुको संग्रह (पुस्तक)का सम्पादन मण्डलका सदस्य तुलसीराम शर्माले बताए ।

Advertisement

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइरहँदा गण्डकीका पर्यटकीय गन्तव्य घोषणा हुनुले पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । आन्तरिक पर्यटन वर्ष सन् २०१९ भित्रै १५ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

१५ लाख आन्तरिक पर्यटकमध्ये ५० प्रतिशतलाई प्रदेशको नयाँ गन्तव्यहरुमा पुग्न वातावरण तयार गर्ने र पर्यटन उद्योगमा लगानीका अवसर बढाउने लक्ष्य राखिएको छ । प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएकोले पर्यटनबाट हुने आयआर्जन तथा अन्य लाभलाई गरिब तथा विपन्न वर्गसम्म पुर्याउन सहज वातावरण बनाउने मन्त्री लम्सालको भनाइ छ ।

प्रदेशले घोषणा गरेका कास्कीको पर्यटकीय गन्तव्यमा, फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताल लगातका तालहरु, विन्ध्यवासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेसक्याम्प, पातले छाँगो, विश्व शान्ति स्तुपा, गुफाहरु (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), कोटहरु (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठुलाकोट) र काहुँडाँडा रहेका छन् ।

मनाङका पर्यटकीय गन्तव्यहरुमा तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा र तिव्वतियन खम्बाको बंकर रहेका छन् ।

मुस्ताङका पर्यटकीय गन्तव्यहरुमा मुक्तिनाथ तिर्थस्थल, कागवेनी तिर्थस्थल, कुछप तेरेङका गुम्बा (पहिलो गुम्बा), लो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरवार र गुफाहरु, धौलागिरी आईस फल, लियोपार्ड क्याप(ठिनी), जोमसोम गाँउ र टिटि ताल छन् ।

बाग्लुङका पर्यटकीय गन्तव्यहरुमा बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट, सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट र गाँइघाट झर्ना छन् ।

म्याग्दीको गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्र्के धुरी, धौलागिरी वेश क्याप, धौलागिरी आइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानीलाई पर्यटकीय गन्तव्य घोषणा गरिएको छ ।

पर्वतका पर्यटकीय गन्तव्यहरुमा भमरकोट माटे, जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिक क्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरु, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेका छन् ।

स्याङ्जाका शाल्मेडाँडा–गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, सिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, सातौं चण्डीथान, गह्रौंकालिका, अन्दाअन्दी, छाया क्षेत्र (छाङछाङ्दी) राम्दीधाम र मीर्मी सेदिवेणि उच्च तथा स्टिमर यात्रालाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ ।

लमजुङको पर्यटकीय गन्तव्यहरुमा लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी –गोरखा र लमजुङको सिमाना) सिउरुङ गाउँ र काउलेपानी गाउँ छन् ।

गोरखाका पर्यटकीय गन्तव्यहरुमा गोर्खा दरबार र गोर्खा संग्राहलय, मनाकामना मन्दिर र केलवकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपाक र लाप्राक (२०७२ को भूकम्पको केन्द्रबिन्दु), मनास्लु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पारा र लिगलिगकोट रहेका छन् ।

नवलपुरका पर्यटकीय गन्तव्यहरुमा मौलाकालिका, देवचुली, बरचुली पिकहरु, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवि, कैलास पर्वत, घुमाउरीघाट (कामधेनु क्षेत्र), लोसेधारा, कैशाल आश्रम, शास्वत धाम, अकलादेवि (डेडगाउँ) र मन्यविन्दु रहेका छन् ।

तनहुँका पर्यटकीय गन्तव्यहरुमा बन्दीपुर, देवघाटधाम, ढोरबराही, छाप्दी बराही, व्यास गुफा(पर्यटन क्षेत्र), घाँसी कुवा, तनहुँसुर कालिका तथा दरबार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर– बुढी दवता मन्दिर आँधिमूल बाराही र र्मिलुङकोट रहेका छन् ।

प्रदेशमा पर्यटकको संख्या र उनीहरुको बसाइ अवधि बढे स्थानिय उत्पादन तथा व्यापार व्यवसायमा वृद्धि हुनुका साथै रोजगारी पनि सृजना हुनेछ । यी क्षेत्रमा पर्यटन उद्योगमा लगानीका अवसर बढ्नुका साथै दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड
अन्तर्राष्ट्रिय

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.