×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नरसिंह माध्यमिक विद्यालयका आधादर्जन शिक्षकहरु महिनौदेखि अनुपस्थित

४ जेष्ठ २०७६

वीरगन्ज,जेठ ४
नगर प्रमखु विजय कुमार सरावगीको नेतृत्वमा वीरगन्ज महानगरपालिकाको टोलीले विभिन्न विद्यालयहरुको आकसमिक अनुगमन सुरु गरेको छ । शुक्रबार देखि सुरु भएको अनुगमन ७ दिन सम्म चल्ने छ । शुक्रबार दिउसो वीरगन्जको विर्तामा रहेको कन्यामाध्यमिक विद्यालयमा पुग्नु भएको नगर प्रमुख सरावगीले विद्यालयको अध्यन अध्यपनको बारेमा अनुगमन गर्नुभएको थियो । सो कर्ममा विद्यालयका शैक्षिक तथा भौतिक समस्याबारे जानकारी लिनुको साथै शिक्षक दरबन्दीको अवस्था विधार्थीहरुको गुनासो कक्षामै गएर सुनुको साथै पढ़ाईमा कुनै किसीमको लापरवाही सहनीय नहुने बिद्यालय प्रशासनलाई निर्देशन दिनु भयो । आफु महानगरका प्रत्येक स्कूलमा प्रत्येक्ष रुपमा गएर विद्यालयहरुको अवस्थाको बारेमा प्रत्यक्ष अनुगमन गर्ने र महानगरको शिक्षा स्तिथीलाई चुस्त दुरुस्त बनाउने आफु प्रतिबद्धता रहेको कुरा बताउनु भयो ।


यसैगरी वीरगन्जको माइस्थान विद्यापिट माध्यमिक बिद्यालय र नरसिह माध्यमिक विद्यालयका अकस्मिक निरिक्षण गर्दै विद्यालयको विभिन्न कागजपत्रहरु आफ्नो नियन्त्रणमा लिएको छ । सामुदायीक विद्यालयहरुले विभिन्न सहयोगको बहानामा चर्को शुल्कहरु लिएको गुनासो अभिभावहरुबाट अएको मध्यनजर गर्दै अनुगमनको क्रममा दुबै विद्यालयका रशिदहरुको ठेली ,हाजिरि रजिष्टर, निर्णय पुस्तीका र विद्यार्थीहरुको भर्नासम्बन्धीत कागजहरु नियन्त्रणमा लिएर आवश्यक कार्यवाहि अगाडि बढाइएको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताउनु भयो । अनुगमनको कर्ममा नगर प्रमुख सरावगीले सामुदायीक विद्यालयहरुमा मनामानी रुपमा शुल्क असुल गरेको पाइएको कडा भन्दा कडा कार्यवाहि गरिने बताउनु भयो । उहाँले कुनै पनि वहानामा अभिभावकहरुलाई आथिक भार बोकाउन कार्य आफुलाई सहय नहुने बताउदै विद्यालयहरुको अध्यन अध्यपनका सुदृढ बनाउने तर्फ केन्द्रित हुन प्रधानाध्यापकहरुलाई निर्देशन समेत दिनु भयो ।

Advertisement
Advertisement

Advertisement

अनुगमको क्रममा माइस्थान विद्यापिट माध्यमिक विद्यालयका ३१ जना शिक्ष तथा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको र नरसिंह माध्यमिक विद्यालयका आधादर्जन शिक्षकहरु बैशाख २ गते देखि नै अनुपस्थित रहेकोको दुबै विद्यालयका हाजिरी रजिष्टर नियन्त्रमा लिइएको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णको जनाकारी गराउनु भयो ।सो क्रममा शिक्षा महाशाखा प्रमुख अरबिंद लालकर्ण शिक्षा समितिका सदस्य मुकेश द्विवेदी प्रेस सलाहकार गोबिंद देवकोटा लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top