म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति वेम्बली रंगशालामा वाटफोर्टलाई आधा दर्जन गोल गरी सिटीले एफए कपको उपाधि जितेको हो । जितसँगै म्यान्चेस्टर सिटीले कीर्तिमान कायम गरी यस सिजनको अन्त्य गरेको छ । सिटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । इंग्लिस क्लबको पुरुष टिमले एकै सिजन प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि एकै सिजनमा जितेको यो पहिलोपटक हो । सिजनको तेस्रो उपाधि दिलाउने क्रममा वाटफोर्टलाई ६–० गोलले पराजित गर्दा पेप ग्वार्डिओलाको टोली सिटीका लागि रहिम स्टर्लिङ र ग्याव्रियल जिससले २–२ गोल गरे । पूरै सिजन प्रभावशाली देखिएको म्यानचेस्टर सिटी वाटफोर्ट्विरुद्ध पनि एकपक्षीय हाबी भयो । २६औं मिनेटमा डेभिड सिल्भाले सिटीका लागि गोलको खाता खोलेका थिए । पहिलो हाफमा ३–० को अग्रता कायम गर्ने क्रममा जिसस र बर्नान्डो शिल्भाले गोल गरे । दोस्रो हाफमा स्टर्लिङले २ गोल गर्दा जिससले १ गोल थपे । म्यानचेस्टर सिटीले छैटौँ पटक एफए कपको उपाधि उचालेको हो भने ग्वार्डिओलाको प्रशिक्षणमा यो पहिलो जित हो ।
एफए कपको उपाधि पनि म्यानचेस्टर सिटीलाई नै
४ जेठ ७६, आइतबार
भर्खरको समाचार
भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार