बि.स. २०५९ सालमा स्थापित विराटनगरको ब्यवस्थापन शिक्षा प्रदान गर्ने मेरिल्याण्ड कलेजले २०७५ सालमा तीनवटै विधामा नेपाल प्रथम भएको छ । कलेजले विराटनगरलाई साँच्चै नै शिक्षाको हब भएको प्रमाणित गरेको छ । देशभरिकै ४ हजार भन्दा बढी उ.मा.वि. मध्ये मेरिल्याण्डले फेरि पनि अब्बल दर्जा प्राप्त गरेको छ । २०७५ सालको कक्षा ११ को नतिजामा छात्रा पुजा शाह र निशा पोखरेलले समान ३ दशमलव ९२ जी.पी.ए. ल्याएर नेपाल प्रथम हुन सफल भएका छन् ।
त्यस्तै सिमरन अग्रवाल वि.वि.एस. प्रथम बर्षमा नेपालभरिमै सबैभन्दा बढी ७७ प्रतिशत अंक ल्याएर नेपाल प्रथम हुन सफल भएकी छन् ।
त्यस्तै सि.ए. तर्फ आई क्यानले लिएको परीक्षामा २२ वर्षको काठमाडौको इतिहास तोड्दै उपत्यकाबाहिर पहिलोपटक क्याप २ मा मेरिल्याण्डका प्रनशा श्रेष्ठले नेपाल प्रथम स्थान प्राप्त गरिन् । स्मरण रहोस २०६३ सालमा छात्र किन्जल पोखरेलले वि.वि.एस.मा नेपाल प्रथम भई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई बाट स्वर्ण पदक प्राप्त गरेकी थिइन् । मेरिल्याण्ड २०६३ देखि २०७३ सालसम्म सधै टपटेनमा पर्न सफल र २०७४ साल नेपाल दोश्रो हुन सफल भएको छ । हाल ंप्लस २ र बिबिएस गरी कलेजमा २३ सय ०७ विद्यार्थीहरु अध्ययनरत छन् ।