गोरखा – गोरखाको उत्तरी भेगमा भारी हिमपात भएको छ । जिल्लाको उत्तरी सीमानामा पर्ने सामागाउँ, साम्दु, लो, चुम्चेत, गुष्टिपाखा, स्वाँरा लगायतका स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
मंगलबार रातिदेखी नै हिउँ पर्न थालेपछि उत्तरी क्षेत्रको जनजिवन कष्टकर हुँदै गएको छ ।
लाप्राक लगायतका क्षेत्रमा डेढ फिटभन्दा बढी हिमपात भैसकेको छ । हिमपात अझै जारी रहेको रिजालले बताए ।
पश्चिमी बायुवको प्रभावको कारण आज देशभरको मौसम परिवर्तन भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखी पानी परिरहेको छ ।