१४ जेष्ठ २०७६
नेपाली काग्रेसका नेता कृष्णपसाद सिटौलाले सरकार र आन्दोलनरत विप्लवबीचको काम गराईले जनता प्रताडित भएको बताएका छन । बम बिस्फोटमा परी चारजनाको ज्यान गएको र सोमबार मुलुकका विभिन्न स्थानमा बम भेटिएको सन्दर्भमा नेता सिटौलाले दुवैको गतिविधि जनता र देशको हित विपरित रहेको बताए । नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले नयाँ ढंगबाट हिंसा आतंक सुरु भएको बताउदै विप्लव समूहलाई शान्तिपूर्ण ढंगबाट अघि बढ्न सुझाव दिनुभयो । उहाले हिंसा त्याग्न आग्रह गर्दे संवाद र वार्ताबाट समस्याको निकास खोज्न आवश्यक रहेको बताए ।
सरकार र विप्लव दुवैपक्ष समस्या समाधानतर्फ अग्रसर नभएको बताउदै सिटौलाले हिजो १७ हजारको मृत्यु, हजारौँ अपाङ्ग, बेपत्ताको अवस्था सृजना भएको बताए । पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले जो मरे पनि नेपाली नै मर्ने भएकाले हिंसा बन्द गर्न सरकारले पहल गर्नुपर्ने बताए ।
सरकारको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेकोपनि उनले टिप्पणी गरे । सरकारको एकवर्षे कार्यकाल हेर्दा सुशासन, राजनीतिक, आर्थिक सबै क्षेत्रमा फितलो रहेको उनको भनार्ई छ ।