युरोपेली संसद्मा मुख्य भूमिकाको विषयमा फ्रान्स र जर्मनीबीच विवाद

युरोपेली संसद्का लागि भएको निर्वाचनपछि मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद देखिएको छ ।
युरोपेली संसद्मा ठूला मानिएका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी समूहले आफ्नो बहुमत गुमाएपछि कसलाई मुख्य भूमिका दिने भन्नेमा विवाद देखिएको हो । निर्वाचनपछि उदारवादी, राष्ट्रवादी र हरित पार्टीहरूप्रतिको जनसमर्थन बढेको छ । ब्रसेल्समा भएको युरोपेली नेताहरूको बैठकमा फ्रान्स र जर्मनीका नेताहरूको छुट्टाछुट्टै प्रतिक्रिया आएपछि नेतृत्व चयनमा समस्या देखिएको हो । जर्मन चान्सलर एङ्गेला मर्केलले मध्य दक्षिणपन्थी उम्मेदवार मानफ्रेड वेबरलाई युरोपेली आयोगको नयाँ अध्यक्ष बनाउन चाहेकी छन् । तर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले भने वेबरलाई सम्भावित तीन उम्मेदवारमा समेत उनको नाम उल्लेख गरेका छैनन् । मर्केलले वेबरको समर्थन गर्नुअघि माक्रोंले आफूले पक्ष लिएका उम्मेदवारको नाम नलिए पनि सिर्जनशील र योग्य मानिस चाहिएको बताएकी थिइन । पछिल्लो चुनावले युरोपेली संघलाई थप विभाजित देखाएको छ । अधिकांश निर्णय सहमतिबाटै हुने गरेको संघमा अब सहमतिबाट काम गर्न कठिन हुने परिस्थिति सुरुदेखि नै देखिएको छ । सन् २०१४ मा निर्वाचन जितेको मध्य दक्षिणपन्थी युरोपियन पिपुल्स पार्टी (इपीपी)का जँ क्लोड यंकर अध्यक्ष बनेका थिए । तर यसपटक इपीपीकै उम्मेदवार जर्मनीका मानफ्रेड वेबरका लागि त्यो बाटो कठिन देखिएको छ । यसपटक यो पार्टीले ७ सय ५१ सदस्यीय संसद्मा १ सय ८० स्थानमा जितेको छ । यसअघि यो पार्टीले २ सय १७ स्थानमा जित हात पारेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top