×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

भारतका मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी तोकियो

१७ जेष्ठ २०७६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी शुक्रबार तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ ।

मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका थिए । शाहलाई पहिलो पटक मन्त्री बनाइएको हो । भारतीय जनता पार्टीको अध्यक्षसमेत रहेका शाहले निकै महत्वपूर्ण र शक्तिशाली मानिएको गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

Advertisement
Advertisement

यसअघि गृह मन्त्रालय सम्हालेका राजनाथ सिंहलाई भने यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी निर्मला सीतारमणलाई दोस्रो कार्यकालमा अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । अरुण जेट्लीले स्वास्थ्यका कारण सरकारमा सहभागी हुन असमर्थता जाहेर गरेपछि सीतारमणलाई सो जिम्मेवारी दिइएको हो । त्यस्तै नितिन गडकरीलाई सडक परिवहन मन्त्री बनाइएको छ । र

मेश पोखरियाललाई मानव संशाधन मन्त्रालय, हर्षवर्धनलाई स्वास्थ्य, विज्ञान एवं प्रजिधि र पृथ्वी विज्ञान मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानीलाई महिला एवं बाल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी मोदी मन्त्रिपरिषदको सबैभन्दा कान्छो सदस्य हुन् । लोकसभा निर्वाचनमा सहभागी नभई गैर राजनीतिक पृष्ठभूमिबाट मन्त्री बनाइएका एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी भारतीय विदेश मन्त्रालयका पूर्व सचिव हुन् ।

त्यस्तै, पीयूष गोयललाई रेल मन्त्रालय एवं वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने धर्मेन्द्र प्रधानलाई पेट्रोलियम मन्त्रालय र इस्पात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी, रविशंकरलाई कानून मन्त्रालय, नरेन्द्र सिंह तमोरलाई कृषि मन्त्रालय, डी सदानन्द गौडालाई रसायन एवं उर्वरक मन्त्रालय, मुख्तार अब्बास नकबीलाई अल्पसंख्यक मामला मन्त्रालय, महेन्द्र नाथ पाण्डेयलाई कौशल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Advertisement

त्यसैगरी रामविलास पासवानलाई खाद्य एवं आपूर्ति मन्त्रालय, हरसिमरत कौर बादललाई खाद्य प्रसंस्करण उद्योग मन्त्रालय, थावर चन्द गलहोतलाई सामाजिक न्याय र अधिकारिता मन्त्रालय, अर्जुन मुन्डालाई जनजातीय मामला मन्त्रालय, प्रकाश जावडेकरलाई सूचना एवं प्रसारण मन्त्रालय र प्रल्हाद जोशीलाई संसदीय मामला मन्त्रालय, कोइला मन्त्रालय र खनन् मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top