NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

बजेटबारे कांग्रेसको धारणा

शुक्रबार जेष्ठ १७ , २०७६
Reading Time: 1 min read
A A
बजेटबारे कांग्रेसको धारणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ जेष्ठ, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सैद्धान्तिक अन्तरविरोधको जगमा बजेट आएको प्रतिक्रिया दिएको छ ।

कम्युनिष्ट दर्शनको शास्त्रिय मनोविज्ञान र लोकतान्त्रिक संविधानको वस्तुगत यथार्थताबीच हिड्दै आफ्नै भनाईलाई खण्डित गर्ने गरि सरकारले बजेट ल्याएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले लिएको अर्थनीति गलत छ भनेर जनतामा जाने सरकारले कांग्रेसले अबलम्बन गरेकै नीतिमा रंग भरेर केही लोकप्रिय कार्यक्रम थपेर बजेट ल्याएको दाबी कांग्रेसले गरेको छ । काग्रेसले शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि बजेट माथिको औपचारिक धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले लोकरिझईका पुरानै कार्यक्रम ल्याईएको र अघिल्लो बर्षकै बजेटको अन्यौलतालाई कपिपेस्ट गर्ने काम भएको बताए ।

Advertisement

नविन कार्यक्रम, दुरगामी लक्षहरु र जोखिम मोल्न सक्ने क्षमताको दुई तिहाईको सरकारको आँट बजेटमा नदिएको टिप्पणी कांग्रेसले गरेको छ । निर्वाचनका बेला तात्कालिन दुई कम्युनिष्ट पार्टीले जनतालाई बाँडेको सपना र बजेटको यथार्थता भिन्न भएको भन्दै कांग्रेसले ५ बर्षमा सपनाको १० प्रतिशत मात्रै पनि लक्ष्य प्राप्ती हुने संकेत र संभावना बजेटमा नदेखिएको टिप्पाणी गरेको छ ।

प्रवक्ता शर्माले भने “पहिलो पाईला टेक्दै गर्दा डगमगाएर टेक्यो भने दोश्रो पाईलाको असन्तुलन त अनुमान गर्न सकिहालिन्छ । गएको सालको आर्थिक बर्षको बजेटलाई पहिलो पाईला मान्ने हो भने, त्यही पहिलो पाईलाले छोडेको अलमल, अलपत्र योजना र पुरानै अधुरा सपनाहरुको भारी दोश्रो बर्षको बेजेटलाई बोकाईएको छ । र परिणाम पनि कपि पेष्ट ढंगले नै शैलीमा आउने छैन भनेर भन्न सक्ने अवस्था छैन । ”

कांग्रेसले तलब वृद्धिलाई सितल मिठाईको संज्ञा दिएको छ । लोकप्रियता रोज्ने कि लोकहित खोज्ने भन्ने सन्र्दभमा सरकारले भिन्न ढंगले बजेटमा शक्तिशाली सरकारको क्षमता प्रस्तुत गर्न नसकेको टिप्पणी कांग्रेसले गरेको छ । कार्ययोजना, दृष्टिकोण, इच्छाशक्ति र संरचनागत सुधारका विषय विना नै आयश्रोत र क्षमताको वृद्धि नगरिकन बजेटको आकार बढाईएकाले त्यसले अपेक्षित परिणाम नदिने निष्कर्ष कांग्रेसले निकालेको छ । स्थिर सरकार भए पनि परिणामुखी लक्ष्यमा समर्पित गर्ने अवसर बाट सरकारले गुमाएको भन्दै बजेटले सम्मुन्नत अर्थतन्त्र तर्फ मुलुकलाई डोर्याउन नसक्ने दाबी कांग्रेसले गरेको छ । प्रशासनिक खर्चको आकार घटाउदै जाने, पूँजीगत बजेट बढाउदै जाने र खर्च गर्ने क्षमतालाई वृद्धि गर्दै लैजाने ढंगको बजेट सन्तुलनको प्रकृति अबलम्बन गर्न नसकेको तथा सार्वजनिक खर्च पुनरावलोकन आयोगले सुझाएका विषयमा सरकार गम्भीर हुन नसकेको आरोप कांग्रेसले लगाएको छ । विकास खर्चका लागि विदेशी र स्वदेशी ऋणको जोहो गर्नुपर्ने जोखिमपुर्ण अवस्थामा बजेट आएको उसको निष्कर्ष छ ।
गत बर्षको बजेटमा ल्याईएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावशुन्य भएको, उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याज अदनुदनामा ७ लाख सम्म ऋण उपलब्ध गराई व्यवसायी बनाउने भनिए पनि त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको कांग्रेसले दाबी गरेको छ । कांग्रेसले अघिल्लो बर्षका कार्यक्रम कार्यान्वयनको वस्तुगत समिक्षा गरि त्यसमा सुधार गर्ने कार्यक्रम बजेटमा नल्याईएको जनाएको छ । बजेट घोषणा गर्दै गर्दा सरकार स्वंमले मुल्यवृद्धिलाई स्वीकार गरेको ,शोधानान्तर घाटा न्युन गर्दै लैजान चुकेको , व्यापार घाटा न्युन गर्नु भन्दा आलुचिप्स र केराउमा केन्द्रीत भएको टिप्पणी कांग्रेले गरेको छ । कांग्रेसले विकास कार्यमा सांसदलाई समावेश गर्न नसकेको तथा संघियतालाई सफल बनाउने मनोविज्ञानमा बजेट केन्द्रीत हुन नसक्ने बताएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसको छाया सरकारका अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले कार्यान्वयन गर्ने तयारी विना मिठाई चटाउने शैलीमा सरकारले बजेट ल्याएको बताए । उनले भने “ सरकार मिठाई चटाउनेमा छ । विपि कोइराला र गिरिजाप्रसाद कोइराला नाम भनेपछि कांग्रेस पनि शान्त हुन्छ कि भन्ने चिन्ताले बोल्या हो । सरकारले नगर्नुपर्ने काम बजेटमा लेख्या छ भन्या होइन । गर्नुपर्ने काम लेख्या छ तर गुर्नपर्ने काम गर्न सक्ने क्षमता छैन । आखा चिम्लेर कहा कहा पुग्नुपर्ने हो भनेर सपना लेख्ने भन्या होइन बजेट भन्या । बजेट भन्या बलियो कार्यान्वयनको तागत त्यस किसिमको तयारीका साथ बजेट आउने हो । कार्यान्वयनको तयारी छैन । अनि गर्छु भन्दा त्यो बजेट हुन्न । त्यो त जसले पनि गर्न सक्छ । अर्थमन्त्री किन चाहियो ? सरकार किन चाहियो ? संसद किन चाहियो ? राजनीतिक पार्टी किन चाहियो ? बजेट आउने प्रक्रिया किन चाहियो ? अनि लेख्यो भन्ने वित्तिकै लेखेकै छ नभन्नु न । त्यो त मिठाई बाड्या कुरा हो । त्यो बजेट होइन । ”

पुर्वाधारमा लगानी बढे पनि कालोपत्रेकै आँकडा नै गलत भएको, गत बर्ष दशककै सबै भन्दा बढी भ्रष्टाचार भएको भन्दै कांग्रेसले अघिल्लो बर्षका कमजोरीलाई सच्याएर शुसासनको क्षेत्रमा गम्भीर बन्न सरकारलाई सुझाव दिएको छ ।

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.