१८ जेठ २०७६,विराटनगर
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका दुई अध्यक्षबीचको समझदारीलाई अनावश्यक रुपमा नउचाल्न आग्रह गरेका छन ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे उनले दुई अध्यक्ष बीच सरकार संचालनमा भएको समझदारीका बिषयमा बाहिर आएको कुरा कुनै नयाँ कुरा नभएको पनि बताए । सो बिषयमा यसअघि समेत विभिन्न माध्यमहरुबाट समझदारीका कुराहरु बाहिर आइसकेको बताउदै दाहालले आफुले पछिल्लो समय समझदारीलाई स्मरण मात्र गरेको बताए । उनले समझदारीको विषयलाई अतिरंजित नवनाउन पनि आग्रह गरेका छन । अध्यक्ष दाहालले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै जना अध्यक्ष लागिरहेको वताउदै नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन समेत आग्रह समेत गर्नुभयो । उनले समझदारीका बिषयलाई पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गरे । उनले भारतमा विदेश मन्त्री परिवर्तनको बिषयले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने पनि बताए ।
दाहलले जेठ २० गते बस्ने सचिवालयको बैठकले पार्टी एकिकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी दिए ।