१८ जेष्ठ, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले शिर्ष नेताहरुको आचरणमा परिवर्तन आउन नसकेका कारण जनतामा निरासा फैलिएको बताएका छन् ।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै गजुरेलले नया संविधान अनुसार नएया शासकिय प्रणलीको स्थापना गरिए पनि नेताको आचरण र शैलीमा नविनता महसुस गर्न नसकिएको भन्दै असन्तुष्ठी व्यक्त गरेका हुन् । सर्वसाधरणले नया संविधान आसंगै राजनीतिक दल र तीनका नेताको आचरण र शैलीमा पनि परिर्वतन खोजेको भएपनि नेताहरु पुरानै शैलीमा विकासको नारा मात्रै लगाएर अघि बढेपछि सर्वत्र निरासा फैलिएको उनको तर्क थियो ।
नेता गजुरेलले जनताको प्रत्यक्ष सरोकार रहने स्थानीय देखी केन्द्रसम्मका सम्पुर्ण कार्यालयहरुको सेवा प्रवाहमा पनि नविनता ल्याउनुपर्नेमा जोड दिए ।