१८ जेष्ठ, २०७६
सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताहरूले असन्तुष्ठी जनाएका छन् ।
सत्तारुढ दलका नेता हरिबोल गजुरेलले शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका हन् । उनले विगतको भन्दा राम्रो बजेट आएपनि किसानलाई उत्साहित गर्ने गरि कृषि क्षेत्रमा योजना र बजेट आउन नसकेको तथा शहीद परिवारको सम्बोधन नभएकोमा असन्तुष्ठी जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नारायण खड्काले युवा परिचालन, कर्मचारीको तलब वृद्धि लगायत सामाजिक सुरक्षाको दायित्वलाई बहन गर्न सक्ने गरि राजश्वका आधारहरु श्रृजना हुन नसकेको टिप्पणी गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक डाक्टर प्रकाशचन्द्र लोहनीले बजेटले सन्तुलन गुमाएका बताएका छन् । आर्थिक संकटलाई नियन्त्रण गर्ने सरकारको राजनीतिक प्रतिवद्धता, हिम्मत, नैतिकता र क्षमता बजेटमा नदेखिएको लोहनीले टिप्पणीे गरे ।
उनले बजेटमा सामाजिक सुरक्षा र सांसद विकास कोष लगायत प्रचारमुखी कार्यक्रमको दायित्व वहन गर्ने राजश्वको क्षमता वृद्धिको आधार कमजोर रहेको पनि बताए ।