जेठ १९, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि एक हप्ताका लागि युरोप भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तराष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् ।
त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । जेठ २९ गते फ्रान्स जाने र प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।