सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको काँग्रेसका नेता रामचन्द्र पौडेलको आरोप

सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको काँग्रेसका नेता रामचन्द्र पौडेलको आरोप

१९ जेष्ठ, २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई तर्साउने, पत्रकारहरुलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्थालाई अंकुश लगाउने काम गरेर जनमतको दूरुपयोग गरिरहेको आरोप लगाएका हन् । आईतबार काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश, परिवर्तन र आन्दोलनको भावना विपरितका गतिविधि गरिरहेकाले आफ्नो पार्टीले सरकारको विरोध गर्नु परेको पनि स्पष्ट पारे ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा आफ्नो पार्टीले कम्युनिष्ट नेतृत्वको सरकारको विरोध गरेको आरोप खेप्नु परेको गुनासो पनि गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा पूर्णत असफल भएको दावी गरेका छन् । ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने आफ्नै नारा विपरित सरकारले गतिविधि गरिरहेको महासचिव मैनालीको निष्कर्ष छ ।

महासचिव मैनालीले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकप्रति पनि आपत्ति जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.