विप्लवसँग वार्ता गर्न गच्छदारको जोड

विप्लवसँग वार्ता गर्न गच्छदारको जोड

२१ जेठ २०७६,विराटनगर
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विप्लवसंगको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने बिषयमा जोड दिएका छन ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसंग कुराकानी गदै उनले वर्तमान संबिधानमा सबै खालका शक्ति र राजनितिक पार्टीहरु अटाउन सक्ने बताउदै वार्ता नै समस्या समाधानको उत्तम विकल्प रहेको बताए । उनले पछिल्लो संघीय लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र रहेको बताउदै स्वयं विप्लव लगायतका नेताहरुले समेत यो ब्यवस्था ल्याउन माओबादी नेतृत्वको संघर्षमा योगदान दिएको बताए । अहिले विप्लवका असन्तुष्टि र असहमति जे जे कुरामा छ त्यो राज्यले सम्बोधन गर्नुपर्छ उपसभापति गच्छदारले भने, अहिलेको राजनितिक परिवर्तन नेपाली जनताको धेरै लामो लडाईपछि संबिधानसभाबाट संबिधान निर्माण भएको छ यसैले त्यसमा कुनै असहमति भए वार्ताबाट समाधान निकाल्नुपर्छ । उनले अब अर्कै खालको राजनितिक परिवर्तनको सम्भावना नरहेको पनि बताए ।

सञ्चारकर्मीको विराटनगरस्थित कोइराला निवासबाट सुरक्षा हटाइएको बिषयमा राखिएको जिज्ञासामा गच्छदारले भने त्यो सरकारको अदुरदर्शितापूर्ण निर्णय हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.