नोभाक फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

नोभाक फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

जेष्ठ २१ । सर्बियन खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसको रोलाँ ग्यारोमा गएराति भएको खेलमा जर्मनीका यान लेनार्ड स्टर्पलाई ३–० को सोझो सेटमा हराउँदे जोकोभिच अन्तिम आठमा पुगेका हुन् । स्टर्फ विरुद्धको खेल शीर्ष वरियताका जोकोभिचले ६–३, ६–२ र ६–२ को सेटमा जिते । जोकोभिचले अब क्वाटरफाइनलमा अर्का जर्मन खेलाडी एलेक्जेन्डर भेरेभसँग खेल्नेछन् ।

गएरातिको जितसँगै जोकोभिच लगातार १० वर्ष फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनल पुग्ने पहिलो खेलाडी बनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.