सर्वोच्चलाई अख्तियारले टेरेन, सचिवसहितलाई कारबाहीको आदेश

२४ जेठ ७६, शुक्रबार
Share this
687shares

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दाका अभिलेख माग्दा नदिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवसहितका कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन आदेश गरेको छ ।

Advertisement

 

 

Advertisement

 न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अदालतले मागेको अभिलेख अख्तियारले अटेर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन बिहीबार आदेश गरेको हो ।

सर्वोच्चले न्याय प्रशासन ऐनअनुसार कारबाही गर्ने बताएको छ। न्याय प्रशासन ऐनमा अदालतको अवहेलनासम्बन्धी व्यवस्था छ ।  माग गरेको मिसिल, लिखत, जवाफ कुनै कार्यालयले अदालतले तोकेको अवधिभित्र नपठाएमा कारबाही गर्नसक्ने व्यवस्था छ ।

Advertisement

सर्वोच्चले कुन सचिव र कर्मचारीलाई कारबाही गर्ने भन्ने भने स्पष्ट खुलाएको छैन। अख्तियारमा हाल महेश्वर न्यौपाने सचिव छन् ।  अख्तियारमा २०६० सालयता १० बढी सचिव भैसकेका छन् । यो समाचार आजका नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top