एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मे आजबाट कन्जर्भे्िटभ पार्टीको नेताबाट औपचारिक रुपमा बाहिरिएकी छन् ।
युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिटका विषयमा मे ले संसदमा पेश गरेका सबै प्रस्तावहरु असफल भएपछि उनले दुई साता अघि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन् ।
कन्जर्भे्िटभको नेताबाट हटेपछि पार्टीमा मे को उत्तराधिकारी खोज्ने बाटो खुलेको छ । पार्टीले नेताका रुपमा अर्को प्रधानमन्त्री छनौट नगरेसम्म मेले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताईएको छ । मेले अघि सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न दबाब बढेको थियो ।
मे कन्जर्भे्िटभ नेताबाट हटेपछि नयाँ प्रधानमन्त्री चयनका लागि पार्टी भित्र नेताहरु अहिले छलफलमा जुटिरहेका छन् ।